बोलेर होइन,जनताको कुरा धेरै सुनेर तथा विचार र विश्लेषण गरेर अगाडि बढ्नुस: माधव नेपाल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकताले धेरै बोलेर नभई जनताको धेरै कुरा सुनेर तथा विचार र विश्लेषण गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनु भएको छ । धेरै बोल्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक भएको बताउँदै नेता तथा कार्यकर्ताले धेरै बोल्ने नभई जनताको धेरै कुरा सुन्नुपर्नेमा जोड दिनुभएको […]

शिक्षा मन्त्री पोखरेल चीन भ्रमणमा

काठमाडौँ:  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्य अनुकूल समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको उपयोगबारे छलफल हुने बताइएको छ । यही मे १६ […]

पहिलो पटक लिच्ची महोत्सव हुँदै

झापाः झापाको बिर्तामोडमा पहिलो पटक लिच्ची महोत्सव आयोजना गरिने भएको छ । बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनले जेठ ४ देखि ६ गतेसम्म लिच्ची महोत्सव आयोजना गर्ने भएको हो । फाउण्डेशनका संस्थापक जयनारायण ढुंगानाकाअ नुसार बिर्तामोड–२ को १५ विघा क्षेत्रफलमा उत्पादन गरेको लिच्ची बगानमै महोत्सव आयोजना गर्न लागिएको हो । अहिले लिच्ची खाने समय भएकाले महोत्सवमा सहभागी […]

गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्त न्याय माग्दै काठमाडौंमा

काठमाडौंः गलत रगत चढाएर निधन भएकी बालिकाका आफन्तले न्याय माग्दै सर्लाहीबाट काठमाडौं आइपुगेका छन् । यही वैशाख २३ गते सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको गलत रगत दिएका कारण मृत्यु भएको आरोप लगाउँदै न्यायका लागि काठमाडौं आइपुगेका हुन । बालिकाका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको […]

नेकपा निकट दुई अखिलले मनाए विद्यार्थी एकता दिवस

काठमाडौं: ५५ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारी संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए । बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी भुगोलपार्कमा पुगेर समापन भएको थियो । भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्वअध्यक्ष एवम् […]

सगरमाथामा नयाँ विश्व कीर्तिमान

काठमाण्डौ : सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोेडेर २३ औं पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ । कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७:५० बजे सगरमाथाको शिखरमा पुग्नुभएको हो । उहाँ बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न […]

यस्तो छ विश्वकप उद्घाटन र फाइनल खेल हुने रंगशाला

एजेन्सी: सन् २०२२ को फिफा विश्वकप फुटबल कतारमा आयोना हुँदैछ । सो विश्वकप फुटबलको उद्घाटन र फाइनल खेल हुने लुसेल रंगशालाको डिजाइन आयोजक देश कतारले हालसालै सार्वजनिक गरेको छ । खाडी मुलुक कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन हालसालै सार्वजनिक गरेको हो । कतारका अनुसार लुसेल सहर निर्माणाधीन सो रंगशालाले ८० हजार दर्शक […]