सांसदले मागे १०–१० करोड

काठमाडौं : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको थियो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरु तीन धारमा विभाजित […]

हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति

अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् । अमेरिकाका अनुसार इन्डो भनेको भारतमात्र नभई समग्र हिन्द महासागर क्षेत्र हो । दक्षिण […]

पहाडी १९ जिल्लामा सहसचिव र एसपी पठाउने सरकारको तयारी

काठमाडौं : सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक९डिएसपी० प्रमुख रहेका छन् । हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको […]

उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ, ४० डिग्री सेल्सियसमा एक घण्टा पैदल

रौतहट : कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति नन्दबहादुर पुनका स्वागतका लागि अनिवार्य उपस्थित हुन पत्र काटिएपछि विद्यालयहरुले उनीहरुलाई ल्याएका थिए । कार्यक्रममा एक घण्टासम्म पैदल हिँडेर आएका विद्यार्थी पनि थिए । कतिपय […]

३ करोड बराबरको दुई गाडी गृह मन्त्रातयबाट नै गायब

काठमाडौं : गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन । हराएको उक्त जिपको मूल्य […]

संगठनको एकतासँगै ‘एक युवा, एक रोजगारी’को अभियान सञ्चालन गर्ने युवा संघ नेपालको घोषणा

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले संगठनको एकतासँगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । जेष्ठ १ गते युवा संघको २९ औं स्थापनाको अवसरमा आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले एकता भएसँगै ‘एक युवा, एक रोजागारी’ अभियान […]

प्रदेश नंं. ३ को नाम ‘गौरीशंकर’ राख्न सांसद विशाल खडकाले गरे प्रदेशसभा सचीवालयमा प्रस्ताव दर्ता

हेटौडा : प्रदेश ३ को नाम ‘गौरीशंकर’ राख्न दोलखाबाट निर्वाचीत प्रदेश सभा सदस्य विशाल खडकाले पहिलो पटक प्रदेशसभा सचिवलायमा प्रस्ताव दर्ता गर्नुभएको छ । प्रदेश ३ का सांसद विशाल खडकाले आज प्रदेश सभा सचीवालयमा पहिलो पटक ‘गौरीशंकर’ नाम राख्न प्रस्ताव दर्ता गर्नुभएको हो । सो नाम प्रति प्रदेशसभाका सांसदहरुको एकमत रहेको बताइएको छ । विशेष […]