ललितानिवास जग्गा प्रकरणः मालपोतका कारण फर्काउन ढिलाइ

काठमाडौँ : तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न ढिलाइ भएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । ललितानिवासले चर्चेको जग्गाको साबिक र अहिले कायम भएका कित्ताको एकमुष्ठ विवरण मालपोत कार्यालयले उपलब्ध नगराउँदा भूमाफिया र […]

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब

काठमाडौं : भनिन्छ- पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि […]

राजधानी र नामाकरण नटुंग्याएसम्म कांग्रेसले प्रदेश ३ को प्रदेशसभा चल्न नदिने

हेटौंडा: नेपाली कांग्रेसका सांसदहरुले प्रदेशको राजधानी र नामाकरणको विषय छिटो टुंग्याउन माग गर्दै प्रदेश सभा अबरुद्ध गरेका छन् । राजधानी र नामाकरणको विषय संसदमा नआएपछि कांग्रेसले संसद अवरुद्ध गरेका हुन । दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको थियो । नेकपाको दुई तिहाई बहुमत रहेको प्रदेश सभामा नेकपाले राजधानी हेटौडा र नाम बागमती […]

ठमेलबाट १६ लाख भारुसहित पाँच पक्राउ

काठमाडौं: ठमेलबाट भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। ठमेलको व्लु मुन होटलबाट प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित पाँच जना पक्राउ गरेका हुन । उनीहरुलाई विशेष सूचनाको आधारमा गय राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै […]

हावाहुरी प्रभावीतलाई प्रदेश १ सरकारद्धारा एक करोडको चेक हस्तान्तरण

काठमाडौं: प्रदेश १ सरकारले बारा र पर्साका हावाहुरी प्रभावीतलाई एक करोडको चेक हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २ का मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नुभएको हो । चेक ग्रहण गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोग प्रति आभार प्रकट गर्नुभयो । गत चैत्र १७ गते बारा पर्सामा […]

‘मिडियाले वेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेपछि सरकारले ‘मिडिया काउन्सिल विधेयक’ ल्यायो’

काठमाण्डौ : साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले मिडियाले अकर्मण्यता, वेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउन थालेपछि सरकारले मिडियलाई नियन्त्रण गर्न ‘मिडिया काउन्सिल विधेयक’ ल्याएको बताउनुभएको छ । ‘मिडिया काउन्सिल विधेयक’ बारे आफ्ना विचार राख्न आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक मिश्रले सरकारले नेपाली मिडियालाई नियन्त्रण गर्न चाहेको विधेयकबाट प्रष्ट हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली प्रेसले […]

यौन व्यवसायमा संलग्न भएको आरोपमा १२५ जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागमा यौन ब्यवसायमाथि अपरेशन थालेको छ । राजधानीका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको […]