जीप दुर्घटनामा परि वडा अध्यक्षसहित ८ जना घाइते

रुकुम पश्चिम: रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ८ जना घाइते भएका छन । आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप दुर्घटनामा परेको हो । जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना भएको हो । दुर्घटनामा घाइते […]

जब पाइलटले बेहोशीमै ४० मिनेट विमान उडाए

क्यानबेरा :  अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी […]

थप चारवटा ब्रुमर भित्र्याउँदै काठमाडौँ महानगर

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ […]

अख्तियारमा दुई आयुक्त पद खाली

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन् । त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन् । यो […]

सत्यमोहन जोशी १०० वर्षमा, जोशीलाई बग्गीमा राखेर घुमाइने

काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा’ प्रवेश गर्नभएको छ । आज एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम […]

कांग्रेसको भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने उदेश्यका साथ मन्त्रिपरिषद्बाट पारित गरी संसदमा दर्ता गराएकोे […]

शीर्ष नेताको हत्या योजना हल्ला मात्रै हो : विप्लव

काठमाडौं : प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । ‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले […]