प्रदेश २ मा भोली सार्वजनीक बिदा

धनुषा: प्रदेश २ मा भोली सार्वजनीक बिदा दिइएको छ । जानकी नवमीको अवसरमा भोलि सोमबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षोल्लासपूर्वक मनाउन बिदाको घोषणा गरिएको बताउनुभयो । जनकपुरमा मंगलबार धुमधामसँग मनाइने जानकी नवमी पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी […]

मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस स्वतन्त्रता माथिको ‘कू’ : सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धी विधेयकले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको स्पष्ट भएको बताउनुभएको छ । सो विधेयकलाई प्रेस स्वतन्त्रता माथिको ‘कू’ को संज्ञा दिदैं सभापति देउवाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गर्नुभयो । आइतबार कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी सभापति देउवाले सरकार अधिनायकको बाटो तर्फ […]

पाँच लाख घुसहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष अख्तियारको फन्दामा

बाँके: पाँच लाख रुपैयाँ घुससहित राप्तीसोनारी गाँउपालिकास्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

सेवाग्राहीसँग घुस लिँदा लिर्दै नापी कार्यालयका सर्वेक्षक पक्राउ

परासी : नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसँग घुस लिँदालिर्दै पक्राउ परेका छन् । उनलाई २० हजार घुससहित रङ्गे हात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो। बर्दघाट नगरपालिकाका एक सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै […]

दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

काठमाडौं : दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निकटम प्रतिद्वन्द्वी सुन्दर कार्कीलाई ३६ मतको अन्तरले पराजीत गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले ४ सय ३ मत प्राप्त गर्नुभयो भने कार्कीले ३ सय ६७ मत प्राप्त गर्नुभयो । श्रेष्ठ यसअघि सङ्घको महासचिवमा निर्वाचित हुनुभएको थियो ।

भक्तपुरलाई विकासको केन्द्रको रुपमा स्थापीत गराउँदैछौ: सांसद महेश बस्नेत

भक्तपुर: पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बैंकिङ प्रणाली नै वर्तमान समयको आर्थिक तथा सामाजिक पारदर्शीताको मुख्य आधार भएको बताउनुभएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका राधेराधे स्थित सिद्धार्थ बैंकको १५३औं शाखाको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले बैंकिङ प्रणाली नै वर्तमान समयको आर्थिक तथा सामाजिक पारदर्शीताको मुख्य आधार भएको बताउनुभयो । उहाँले सरकारले एक व्यक्ति […]

६५ वर्षमै वृद्ध भत्ता दिने ब्यवस्था गरियोस भन्दै संसदमा कांग्रेसले गर्यो पस्ताव दर्ता

काठमाडौं : सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्ष राखियोस भन्दै नेपाली कांग्रेसले संसदमा प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव पेश गर्नुभएको हो । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ […]