मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

काठमाडौं : सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने […]

नेपालमै बन्यो कार्यक्रम चलाउने रोबर्ट

काठमाडौं : ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले। अतिथिहरूलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरूको ध्यान पनि मञ्चतर्फ […]

संवैधानिक तथा कानून पत्रकार मञ्चमा सात सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं : संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको पाँचौँ अधिवेशनको अध्यक्षमा दुर्गा दुलाल चयन हुनुभएको छ । दुलाल नेपाल लाइभका प्रमुख समाचारदाता हुनुहुन्छ । अधिवेशनले दुलालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै, मञ्चको उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका (रासस) कालिका खड्का, महासचिव भाषा शर्मा (नागरिक दैनिक), सचिव दीपक खरेल (नेपाल खबर) र कोषाध्यक्षमा […]

किन अगाडि बढाइएन ख्वप विश्वविद्यालय विधेयक ?

काठमाडौ : नेपालमा २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि विश्वविद्यालयको इतिहास सुरु भएको मानिन्छ । यद्यपि हाम्रो पुर्खा अशिक्षित, अज्ञानी वा अपठित भन्नु गल्ती हुन्छ । नेपाल संस्कृत विश्वविद्यालय २०४३ सालमा खुल्यो र २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि हतारमा २०४८ मा काठमाडौँ विश्वविद्यालय, २०५० मा पूर्वाञ्चल विश्वविद्यालय र २०५३ मा पोखरा विश्वविद्यालय खोलिए । अहिलेसम्म […]

एकताको सन्देश दिन समाजवादी पार्टीले देशभरका मुख्य शहरमा आमसभा गर्ने

काठमाडों: नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर नयाँ पार्टी बनेसँगै समाजवादी पार्टीले देशब्यापी अभियान चलाउने भएको छ । विशेष गरि पार्टी एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको हो । उसले देशका विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा सो आमसभा आयोजना गर्नेछ । ती शहरमा हुने आमसभामा पार्टीका केन्द्रीय […]

कांग्रेसमा माथिल्लो तहका नेतामा सुधार नआएसम्म पार्टी जागरण अभियानले खासै अर्थ राख्दैन : गगन थापा

काठमाडौं :  नेपाली कांग्रेसका नेता गगन थापाले माथिल्लो तहका नेतामा सुधार नआएसम्म तल्लो तहमा जागरण अभियान सञ्चालन गरेर मात्र नपुग्ने बताउनुभएको छ । सबैभन्दा पहिला माथिल्लो तहका नेतामा सुधार ल्याउँदै जागरण अभियानको खाँचौ औल्याउनुभयो । नेता थापाले दाङ दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

नेपाल र भियतनामबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं: नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षार भएको छ । कुटनीतिक तथा सरकारी राहदानी वाहक नागरिकलाई बिना भिसा मुलुक प्रवेश गर्न दिने तथा दुबै मुलुकको सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षार भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला सो सम्झौता भएको हो […]