नदीमा डुवेर दुई बालकको ज्यान गयो

धनगढी: नदीमा नुहाउन गएका दुई बालकको डुवेर ज्यान गएको छ ।  जिल्लाको लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप र ९ वर्षीय समीर चौधरी रहेका छन ।

वनमा लागेको आगो निभाउँदा एकको मृत्यु

सल्यान: देशैभरि अहिले वनमा डढेलोले उत्पात मच्चाइरहेको छ । वनमा लागेको डढेलो निभाउने क्रम जारी छ । त्यसै क्रममा सल्यानको छत्रेश्वरी गाउँपालिका ६ सिमपानीमा लागेको आगो निभाउने क्रममा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५५ वर्षीया पेन्टी बोहरा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार वनमा लागेको […]

होटेल याक एण्ड यतिमा छापा: १२ भारतीय नागरिक पक्राउ

काठमाडौः प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारि १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ। अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई पक्राउ गरेको हो। भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र […]

पाल्पाको लोरेङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयबासी हर्षित

पाल्पाः पाल्पाको रम्भा गाउँपालिका—४ लोरेङ्गमा पहिलो पटक बस पुग्दा स्थानीय निकै खुसी भएका छन् । पश्चिमाञ्चल बस व्यावसायी समितिद्वारा संचालित लु १ ख ३९८४ नम्बरको बस चालक भेम बहादुर मगरले माडी, फेदि, बगैचा हुँदै लोरेङ्ग गाउँमा बस पुर्याएसँगै पहिलो पटक बस सेवा पुगेको हो । गाउँमा बस पुगेपछी स्थानीयहरु खुसियालीको साथै अबिर फुलमालाले चालक, सवारी […]

हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति

कास्की : कतै फलेर बिक्री सुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर पाेखराका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी […]

सम्बन्धविच्छेद गर्नेको संख्या बढ्यो: अदालतमै १४५ जोडीले गरे सम्बन्धविच्छेदको मुद्दा दर्ता

लमजुङ :  नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै अहिलेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको […]

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

बाँके : नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी […]