साझा यातायातले काठमाडौं उपत्यकामा थप २० सञ्चालन गर्ने तयारी

काठमाडौंः साझा यातायातले काठमाडौंमा थप २० बस चलाउनको तयारी गरेको छ । काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा ल्याइएका उक्त बसहरु काठमाडौंका विभिन्न ठाउँहरुमा चलाइने तयारी गरिएको हो । बसहरु केही हप्ताभित्रै सञ्चालन गरिन लागिएको हो। साझाका यी बस किन्न काठमाडौं महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड रुपैयाँ सेयर लगानी रहेको छ । […]

छोरीलाई जलाएर हत्या गरेको आरोपमा दम्पत्ति पक्राउ

दार्चुला:  बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो । घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए । स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको […]

‘विप्लव’ निकट विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ११ विद्यार्थी संगठनको पत्रकार सम्मेलन स्थल अनामगरबाटै अध्यक्ष ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइयो

  काठमाडौं: वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । आजको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका हुन् । बैठक […]

आजको मौसम कस्तो छ ? कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं: आज दिउँसो देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भ(भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ । त्यस्तै, राती देशको पूर्वी पहाडी भेग […]

भक्तपुरमा सार्वजनीक जग्गाको खोजी कार्य शूरु: अतिक्रमीत जग्गाहरुको स्थलगत निरिक्षण

भक्तपर: भक्तपुरमा सार्वजनीक जग्गाको खोजी कार्य शुरु भएको छ । भक्तपुरमा सार्वजनीक जग्गाको खोजी गर्ने र अतिक्रमीत जग्गालाई सरकारको नाममा ल्याउने प्रयासस्वस्प सांसदेखि स्थानीय प्रशासनसम्मको टोलीले अतिक्रमीत जग्गाहरुको स्थगलत निरीक्षणा गरेको छ ।भक्तपुरका सांसद महेश बस्नेतको नेतृत्वमा सरकारी निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, स्थानीय सरोकारवाला व्यक्तिहरु सहितको टोलीले भक्तपुरका चार स्थानमा अतीक्रमीत सार्वजनीक जग्गाहरुको […]

निर्माण व्यवसायीलाई कारागारभित्रैबाट ज्यान मार्ने धम्की

काठमाडौंः सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभियुक्तले नै निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । समाचारमा लेखिएको छ, रमेश बाहुन भनिने सुजन पौडेल, समीरमानसिंह बस्नेत र रिगल भनिने योग ढकालले फोन गरेर व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको खुलेको महानगरीय अपराध अनुसन्धान […]