रुकुम पश्चिम: एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदा लिर्दै रगेंहात समातीएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोलीले चौरजहारी नगरपालिका–११, को चौफामा रहेको सब डिभिजन वन कार्यालयका निमित्त प्रमुख फरेस्टर महेन्द्र बिसीलाई रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धानआयोगको कार्यालय सुर्खेतको टोलीले उनलाई ७ हजार घुस सहितपक्राउ गरेको हो ।
पाँचथर: करेन्ट लागेर एक बालकको ज्यान गएको छ । फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको करेन्ट लागेर ज्यान गएको हो । मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रहरीले १ किलो ६ सय ४९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका ल्वागुन बिकलाई मकवानपुरबाट प्रक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९३ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
काठमाडौंः आज कानुन दिवस विविध कार्यक्रम गरि मनाइँदैछ । विशेष गरि कानून र न्याय क्षेत्रमा संलग्नहरुले बिहीबार विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् । प्रधान न्यायालयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ । कानुन दिवसको अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]
कपिलवस्तु : भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिने भएको छ । सीमा ३ दिनका लागि बन्द गरिने भएको हो । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही सीमा नाका बन्द गरिने भएको हो । दुई देशका […]
मुस्ताङ: मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थलमा स्तरोन्नतिको काम शूरु गरिएको छ । विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गर्ने जनाएको छ । आयोजना प्रमुख कृष्णप्रसाद पौडेलका अनुसार ग्रेड नमिलेकाले जमिन काटेर लेभल (तह) मिलाउन लागिएको हो । अहिले […]
काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली साता ब्यापी भ्रमणको लागि भियतनाम र कम्बोडिया तर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवेशाज्ञा, व्यापार तथा लगानी […]