काठमाडौ: कांग्रेस सभापति शेर बहादर देउवाले आफूहरु कुर्सी रेलिङ भाच्ने प्रतिपक्षी नभएको बताउनुभएको छ । संसदको मंगलबारको बैठकमा संसदीय भाषा र मर्यादामा प्रधानन्त्री नरहेको भन्दै कडा शब्दमा निन्दा समेत गर्नुभयो । नेपाली कांग्रेसको जागरण अभियानका क्रममा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले त्यसको विरुद्ध नेपाली कांग्रेस लड्ने बताउनुभयो । मंगलबार प्रधानमन्त्रीले संसदमा गैर संसदीय […]
काठमाडौं: क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको थियो ।
पाल्पा : पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको प्रत्यक्षदर्शीले जानकारी गराए । जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । […]
काठमाडौं : सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभीको नतिजा सार्वजनीक भएको छ । यसको नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्ने बताइएको छ । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो […]
काठमाडौं : नेपाली कांग्रेसले आज (बुधबार) बाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैैछ । आजदेखि शूरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने कार्यक्रम छ । […]
काठमाडौं: देशभरको मौसम बिहीबारसम्म सफा रहने भएको छ । बुधबार र बिहीबार देशभरी कै मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिएको तर बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने अनुमान महाशाखाको छ । शुक्रबार भने पश्चिमी वायु […]
भक्तपुर: भक्तपुरमा रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । रक्तचन्दन र लागुऔषध सहित उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीको चेकपोस्टले जगातीबाट पक्राउ गरेको हो । सुरक्षा चेकका क्रममा सूर्यविनायक नगरपालिका–८, जगातीमा उदयपुर बेलटारबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ४ ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेका ५६ पिस रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको हो […]