दुई दिनभित्र पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्छौ : प्रचण्ड

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्र पार्टी एकीकरणका बाँकि काम सम्पन्न गरिसक्ने बताउनुभएको छ । एकीकरणको काम सम्पन्न गर्न सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको पनि अध्यक्ष दाहालले जानकारी गराउनुभयो । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै झण्डै ८ महिना पार्टीका जिल्ला अधिवेशनहरु […]

बाबुराम र उपेन्द्रको नयाँ ‘समाजवादी पार्टी, नेपाल’ घोषणा आज

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक एकता घोषणा हुँदैछ । नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै […]

नेपालका सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

काठमाडौं : नेपालका दुई हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण भएको छ । आजका पत्रिकामा समाचार छ, ‘आइतबार दिनभरजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन् । एकसाथ सर्भर डाउन हुँदा वैदेशिक रोजगार, राहदानी, राजश्व, मालपोत लगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुपर्यो। एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइनलाई प्रणालीमा आधारित सरकारी सेवा पूर्ण […]

सरकारले ल्याएको लोकप्रिय नीति तथा कार्यक्रमले कांग्रेस अत्तालियो : सांसद बस्नेत

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का सांसद महेश बस्नेतले नेपाली कांग्रेस वर्तमान सरकारले ल्याएको लोकप्रिय कार्यक्रमबाट अत्तालिएर जथानाम गाली गलौचमा उत्रिएको बताउनुभएको छ । ‘कांग्रेस अत्तालिएको छ’, सांसद बस्नेतले संसदको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, ‘नीति तथा कार्यक्रम महत्वाकांक्षी र सपनाको पुलिन्दा हो भन्नु गलत छ । बरु उहाँहरुको टिप्पणी चाहिँ परम्परागत हो […]

डिभी चिठ्ठाको रिजल्ट मंगलबार सार्वजनिक हुँदै

काठमाडौं :  सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी) को नतिजा यही मंगलबार सार्वजनीक गरिने भएको छ । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सक्ने बताइएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । सन् २०२० को सेप्टेम्बरको […]

कसरी भयो देशैभरका सरकारी कार्यालयमा सर्भर डाउन ?

काठमाण्डौ: आज देशैभरिका सरकारी कार्यालयमा सर्भर डाउन भएको छ । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयको कामकाज ठप्प भएको छ । सर्भर बिहान ११ बजेदेखि नै डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सरकारी सिस्टम डाउन हुँदा धेरैजसो सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन ।