एक महिनाको लागि धनगढी विमानस्थल बन्द

धनगढी: धनगढी विमानस्थल बन्द भएको छ । बिमानस्थल आजदेखि एक महिनाका लागि बन्द भएको हो । धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गर्न लागिएकाले बन्द गरिएको हो । धावनमार्गको स्तरोन्नतिका लागि जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको  प्रमुख बुढथापाले बताउनुभयो ।  आइतबारदेखि निर्माण कम्पनीले काम सुरु गरिसकेको […]

यस्तो छ संसदमा कांग्रेस सभापति देउवाको सम्बोधनको पूर्णपाठ

 संसद्‍मा देउवाले गरेको सम्बोधन सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु। नेपाली काँग्रेसको अगुवाइमा लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, […]

संसदमा देउवाको सम्बोधन : नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालो टिप्पणी गर्नुभएको छ । नीति तथा कार्यक्रममाथीको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएको देउवाले नीति तथा कार्यक्रममा कनुै नयाँपन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारको नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालोको रुपमा मैले लिएको […]

पोखरीमा डुबेका एकको मृत्यु

झापा: जिल्लाकोे मेचीनगर नगरपालिका ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसाईं बाहिर ननिस्किएपछि साथीहरुले घरमा […]

मुद्दा मिलाइदिने बहानामा घुस ! समातिए तीन लाख घुससहित नायव सुब्बा

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख घुससहित एक जनालाई पक्राउ गरेको छ । मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई पक्राउ गरेको हो । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । अदालतमा विचाराधीन मुद्दामा […]

लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले चलायो ‘सर्च अभियान’: ११ जना प्रहरी नियन्त्रणमा

इलाम: लागुऔषध प्रयोगकर्ता बढेसँगै प्रहरीले ‘सर्च अभियान’ चलाएको छ । अभियान’ को क्रममा जिल्ला प्रहरी कार्यालय इलामले ११ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । लागुऔषध प्रयोगकर्ता नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय इलामले तीन टोली परिचालन गरि उनीहरुलाई इलाम नगरपालिकाको विभिन्न क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुको परिचय खुलाएको छैन । पक्राउ […]

विषाक्त मासु खाँदा दर्जनौ बिरामी

डोटी: विषाक्त मासु खाँदा दर्जनौ विरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका १ मेलगडा गाउँमा विशाक्त काँचो मासु खाँदा दर्जनो विरामी परेका हुन । बिरामी हुनेमा ४० वर्षीया सतीदेवी खड्का, उनका छोरीहरू १४ वर्षीया पार्वती र ११ वर्षीया कल्पना, २७ वर्षीय प्रेम खड्का, उनकी श्रीमती २४ वर्षीया ईसरादेवी र छोरी तीन वर्षीया उर्मिला छन्। यस्तै […]