यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ : मौसम पूर्वानुमान महाशाखाले देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्नसक्ने सम्भावना छ ।  यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरी विस्तारै बढ्न […]

कार्ल मार्क्सको जन्मजयन्ती आज :  नेकपाले जन्मजयन्ती मनाउँदै

काठमाण्डौ: राजनीतिशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती आज मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा पर्सियामा भएको थियो । कार्ल मार्क्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो । आज नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सको जन्मजयन्ती मनाउने […]

संघीयताको मर्ममाथि प्रहार हुँदै : केन्द्रको दरबन्दी ६० हजार बनाउन चलखेल

काठमाडौं: संघीय शासनको मर्मविपरीत संघीय सरकार (केन्द्र) को कर्मचारी दरबन्दी ४८ हजारबाट बढाएर ६० हजार पुर्‍याउने खेल सुरु भएको छ । कर्मचारी समायोजन सकिएलगत्तै सरकारका विभिन्न मन्त्रालयका उच्च प्रशासनिक नेतृत्व र कर्मचारीहरूले आफूअनुकूल हुने गरी मन्त्रालयको दरबन्दी थप गर्न लबिङ थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । सरकारद्वारा गठित […]

भक्तपुरमा घुस दिन खोज्ने दुई पक्राउ

भक्तपुरः भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । मनोहरा पुलबाट प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका–२ पेप्सी मनोहरा पुलस्थित सडकमा चेकिङ गर्ने क्रममा प्रहरीलाई घुस दिन खोज्ने बा ४ ख ७११० नम्बरको बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बस […]

आइतवार कुन काम गर्ने कुन नगर्ने ?

आज वैशाख २२ गते आइतबार । हप्ताको पहिलो दिन । आइतबार भगवान सूर्य देवताको दिन पनि हो । आज सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतवार हो । ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न जरुरी हुन्छ […]

हतियार बुझाएर हिंसा नत्यागे विप्लब समूहको अस्तित्व नै समाप्त : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बुझाएर हिंसा नत्यागे नेत्रविक्रम चन्द विप्लब समूहको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ । विप्लव समूह हतियार बुझाएर नआए अप्ठ्यारो ढंगले समुहनै समाप्त हुने चेतावनी दिर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पृथकतावाद अन्त्य गर्यौ र विप्लब समूहको नाममा मच्च्याईएको त्रासलाई पनि नियन्त्रण गछौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, […]

कांग्रेसले भन्यो: नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्नु सैद्धान्तिक रुपमा नै गलत हो

काठमाडौं: नेपाली काग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो गराई स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा पनि राजकिय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले नेपाली नागरिकको जीवनलाई परिर्वतन गर्न नसक्ने निष्कर्ष कांग्रेसले […]