भट्टराई र यादवले गरे पार्टी एकता गर्ने सहमती-पत्रमा हस्ताक्षर: एकता सोमबार घोषणा

काठमाडौं: नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको हो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको […]

‘मेरो सरकार’ भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्नु पर्दैन: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासको विरोध गर्नु को कुनै तुक नरहेको बताउनुभएको छ । प्रधानमत्री ओलीले भन्नुभयो, ‘मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तराष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जामानामा हामी पुग्नु भनेको यात हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ या आफूले स्थापना गरेको प्रणाली र राष्ट्रप्रमुखको गरिमा चित्त नबुझेको हो […]

कस्तो होला तीनवटा आँखा भएको सर्प ?

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तीनवटा आँखा भएको सर्प भेटिएको छ । वन्यजन्तु विभागका अधिकारीले तीनवटा आँखा भएको तस्बिर साझा गर्दै सर्प अस्ट्रेलियाको उत्तरी क्षेत्रको सडकमा भेटिएको उल्लेख गरेका छन् । द नर्दन टेरिटोरी पार्कस तथा वाइल्ड लाइभ सर्भिसले यस्तो सर्प भेटिनुलाई आश्चर्य भनेको छ । कार्पेट पाइथनको बच्चा मार्चमा भेटिएको हो । मोन्टी पाइथन उपनाम पाएको सर्प […]

सिन्धुपाल्चोक केन्द्रविन्द्र भएर भूकम्पको परकम्प

काठमाण्डौ: सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको हो । २०७२ को महाविनाशकारी भूकम्पपछि लगातार परकम्प आउने क्रम जारी छ । गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।

हावाहुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम शूरु : वर्षा अगाडि नै आवास निर्माण गर्न निर्देशन

काठमाण्डौ : बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माणको कार्य थालनी गरिएको छ । नेपाली सेनाले राको फेटा गाउँपालिका ६ पुरैनियाका इजहार मियाँको घर शिलन्यास गरी काम सुरु गरेको हो । सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३ सय ६२ तथा पर्सामा ९१ वटा घर बनाउनेछ । बाराको पुरैनिया, भलुहीभरवलीया, हर्दिया, […]

आज मातातीर्थ औंसीः आमालाई सम्झने र पुज्ने दिन

काठमाडौं: आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज वैशाख २१ गते परेको छ । आजको दिन जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइन्छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ: हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको छ भने पूर्व र पश्चिमको मौसम सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ […]