दोलखा: विद्यालय जाने ५ देखि १२ वर्षसम्मका सबै बालबालिका विद्यालय भर्ना गर्न सफल भएको भन्दै प्रदेश ३ को सामाजिक मन्त्रालयले कालिञ्चोक गाउँपालिकालाई सम्मान गरेको छ । हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गाउँपालिकाका अध्यक्ष विनकुमार थामीलाई सम्मान हस्तान्तरण गर्नुभएको हो । कालिञ्चोकले ३१ भदौमा सिंगो गाउँपालिकाभित्र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित […]
काठमाडौं: आज मे ३ अर्थात २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विविध कार्यक्रम गरि मनाइँदैछ । सन १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । गत वर्षको तथ्यांकलाई हेर्दा स्वीडेन, नर्वे र फिनल्यान्ड उत्कृष्ट प्रेस स्वतन्ता […]
रौतहट: प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले विशेष सूचनाका आधारमा गौरस्थित बस पार्कबाट एक किलो सुनसहित गौर नगरपालिका, ५ का अनुुकेश कुमार साहलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । प्रहरी नियन्त्रणमा रहेका साहमाथि थप अनुुसन्धान भइरहेको एसपी खत्रीले बताउनुभयो ।
मकवानपुर : प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा, भक्तपुर, काभ्रे कि नुवाकोट भन्ने विषयमा सहमती जुटन सकिरहेको छैन । यद्यपी प्रदेश सरकारले प्रदेश ३ को राजधानी हेटौडा नै कायम गर्ने र नाम बागमती राख्ने भित्री सहमती जुटाएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडा प्रदेशको स्थायी राजधानी पनि सोही ठाउँ नै गर्ने विषयमा […]
भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आफ्नै पाठ्यक्रम लागू गरेको छ । नगरपाकिाले स्थानीयर सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय पाठ्यक्रम लागू गरेको हो । नगर प्रमुख मदन शुन्दर श्रेष्ठका अनुसार, नगरपालिकाले आफ्नो अधिकारको प्रयोग गरेर स्थानीय पाठ्यक्रम कार्यदल गठन गरेको थियो । सोहि कार्यदलले निर्माण गरेको पाठ्यक्रम नगरपालिकाले स्कीकृत गरी लागू गरेको हो । नगरपालिकाले […]
काठमाडौं : आज रातीबाट लागू हुने गरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार बिहीबार आज रातिबाट लागु हुने गरी प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलममा १ रुपैयाँ वृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ […]
बर्ड फ्लू के हो ? एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । […]