दोलखा : जिल्लाको कालिञ्चोक गाउँपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरि विभिन्न पदमा कर्मचारीको आवेदन खुलाएको हो । गाउँपालिकाका अनुसार स्टाफ नर्स, हेल्थ अस्सिटेन्ट, रेडियोगार्फर, ल्याव टेक्नीसियन, अनमी, अहेव, कार्यालय सहयोगी माग गरिएको हो । यस्ता छन् माग गरिएका कर्मचारी;
भक्तपुर : प्रहरीले चितुवाको छाला र भालुको पित्तसहित भक्तपुरबाट ५ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, आखेलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्नबहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी […]
काठमाडौं: नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो । २१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो […]
दिनेश दुलाल/ चौतारा (सिन्धुपाल्चोक) सिन्धुपाल्चोकका ठूला नदीहरु सुनकोशी र ईन्द्रावतिमा पुग्दा जो कसैले ति नदीहरुको विक्षिप्त र कुरुप दृश्य देख्ने छन् । नदीदजन्य पदार्थमा व्यवसायी, उद्योगी र अवैध धन्दा गर्नेहरुको प्रतिस्पर्धाको अखडा बनेपछि सिन्धुपाल्चोकका मुख्य दुई ठूला नदीहरुमा भईरहेको दोहनले सो क्षेत्र खण्डहर जस्तै बनेको छ । गत साल भन्दा नदी उत्खननमा ५ गुना बढी […]
दिनेश दुलाल / बाह्रबिसे (सिन्धुपाल्चोक) आफ्नो नगरलाई पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ बाह्रबिसे नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा जोड दिएको छ । नगरपालिकाले नगरपरिषद्बाटै पारित गरेर भयलीकुण्ड लगायत क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन १० औं करोडको महत्वकांक्षी योजनाको थालनी गरिसकेको छ । सोही योजनाको पहिलो चरण अन्र्तगत भयलीकुण्ड सम्म पुग्ने सडक, कुण्ड निर्माण तथा खेलमैदान लगायत पूर्वाधार […]
काठमाडौंः ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले अब विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको छ । महानगरले कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन गरिरहेको छ । यस वर्षको बजेटमा महानगरले पाँच करोड रुपैयाँ विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा […]
काठमाण्डौ: बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा देखिने सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । बंगालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात ‘फानी’ विस्तारै उत्तर –पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलै प्रभाव नपरे पनि हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले सचेतना अपनाउन आग्रह गरेका […]