सरकारले नसुनेको रोड सेप्टीको त्यो आवाज…

काठमाडौं :  मुलक यतिखेर आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढिरहेको छ । विशेष गरि सरकारले सम्मृद्ध नेपाल, सुखी नेपाली नारालाई अगाडि सार्दै मुलुक निर्माणको महाअभियान थालेको छ । मुलुक आर्थिक सम्मृद्धिमा जुटिरहँदा त्यसलाई सफल बनाउने सूचकहरु के के हुन ? भन्ने तर्फ पनि सरकारले योजनाबद्ध ढंगले अगाडि बढेको छ । तर सरकारले योजना बनाउने कार्यान्वयनको चरणमा […]

राष्ट्रपति फर्किँदा काठमाण्डौको आकाश खाली : जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य

काठमाण्डौ: राष्ट्रपतिको सवारीको बेला हवाइ उडान र सडक यातायात ठप्प बनाउँदा यात्रुले हैरानी खेप्न बाध्य हुनुपरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण बुधबार पनि काठमाण्डौको आकाश खाली गराउँदा यात्रुले सास्ती खेप्न बाध्य हुनुपर्यो । चीनको साताव्यापी भ्रमण सकाएर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अन्य जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न […]

कसले दियो पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की ? क-कसलाई आयो यस्तो धम्की ?

काठमाडौं : पच्चीस जना निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की आएको घटना बाहिरिएपछि यसले सुरक्षा संयन्त्रलाई थप चुनौती दिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिब २५ जनालाई अज्ञात नम्बरबाट धम्की आएको भन्दै सार्वजनीक रुपमा बताइरहँदा यसले सुरक्षा चुनौतीमाथि प्रश्न उब्जीएको छ । महासङ्घका अध्यक्ष रवि […]

श्रमिकको हक हितको लागि सरकार समाजवादको आधार तयार गर्न लागिपरेको छ: प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले श्रमिकको हक हितको लागि सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार गर्न लागिपरेको बताउनुभएको छ । ‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिष्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ,’ अन्तराष्ट्रिय श्रमिक दिवसकोअवसरमा आज शुभकामना सन्देश […]

राष्ट्रिय समृद्धिलाई दिगो बनाउन श्रमिकको अधिकार स्थापित गर्नुपर्छ: श्रममन्त्री विष्ट

काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समृद्धिका लागि श्रमिकको जीवनमा गुणात्मक सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ । विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री विष्टले राष्ट्रिय समृद्धिलाई दिगो बनाउन पनि श्रमिकको अधिकार स्थापित गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो । मन्त्री विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, […]

राष्ट्रपति आज स्वदेश फर्कँदै

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्कँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी बुधबार बिहान १० बजे काठमाण्डौ आइपुग्ने राष्ट्रपति कार्यालयले जनाएको छ । चीन भ्रमण एक दिन छोट्याएर उहाँ बुधबार नै स्वदेश फर्कन लाग्नुभएको हो । समकक्षी सी जिनपिङको निमन्त्रणामा बेल्ट एण्ड रोड इनियसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागि हुन राष्ट्रपति भण्डारी गएको बुधबार चीनको राजकीय भ्रमणमा […]

११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने निर्णय

नुवाकोट : ककनी गाउँपालिका ८ की ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको छ । स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्ने गरी उनलाई सो रकम दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए । गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक पाँच सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए । […]