आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस: विश्वभर विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ : ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता […]

विश्व मजदुर दिवसमा राष्ट्रपतिको शुभकामना: विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्पलाई सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकावाला पक्ष केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संवैधानिक प्रावधान र भावनानुसार श्रमिकका हितमा काम हुनाका साथै योगदानमा आधारित सामाजिक […]

बालुवाटार जग्गा प्रकरणमा महासचिव बिष्णु पौडेलको कुनै संलग्नता छैन : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा महासचिव बिष्णु पौडेलको कुनै संलग्नता नरहेको बताउनुभएको छ । पार्टी र सरकारलाई कमजोर बनाउन महासचिव विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै प्रधनमन्त्री ओलीले बालुवाटार जग्गा प्रकरणमा महासचिवको कुनै संलग्नता नहेको बताउनुभयो । संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बालुवाटार प्रकरणका दोषी उम्कन नदिने प्रतिबद्धता ब्यक्त गर्दै बालुवाटार जग्गा प्रकरणमा […]

लागू औषधसहित ६ जना पक्राउ

काठमाडौं: काठमाडौंको छाउनीबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रतिग्राम १० हजार रुपैयाँमा बिक्री हुने मेथामफेटामाइन नामक लागू औषधसहित ६ जनालाई पक्राउ गरेको हो । हेर्दा सेतो (बरफजस्तो) देखिने यो लागू औषधलाई (आइस ड्रग्स) समेत भनिन्छ । छाउनीस्थित द फूड हेभन नामक […]

विगतको वीस वर्षमा भएको विकास आगामी तीन वर्षभित्र दोब्बरले बढी गर्नेछौ : सांसद महेश बस्नेत

भक्तपुर :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतको वीस वर्षमा भएको विकास भन्दा आगामी तीन वर्षमा हुने विकास त्यसको दोव्वर हुने बताउनुभएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित पाइलट बाबा आश्रम घ्याम्पेडाँडा सिलामगाल सडक डिभिजन अन्तर्गतको सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले अवको बताउनुभयो । उहाँले […]

धनकुटा बन्यो प्रदेश १ को मुख्यमन्त्रीको सम्पर्क कार्यालय

धनकुटा : प्रदेश नम्बर १ को नामाकरण र राजधानीको विषय केहि साताभित्रै टुंंगो लाग्ने बताइरहँदा प्रदेश १ मन्त्रिपरिषदले खारेज भएको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार क्षेत्रीय कार्यालयको भवनलाई प्रदेश मातहत ल्याउनका लागि सम्पर्क कार्यालय तोकिएको हो । प्रदेश […]

थप १० वटा म्यानपावर कम्पनी खारेज: यस्तो छन् खारेजीमा परेका कम्पनी

काठमाण्डौ: वैदेशिक रोजगार विभागले नियमविपरीत सञ्चालीत म्यानपावर कम्पनीलाई धमाधम खारेजी गर्ने कार्यलाई तीब्रता दिएको छ । केहि दिन अघि मात्र १९७ वटा म्यानपावर कम्पनी खारेज गरेको विभागले सोमबार थप १० वटा म्यानपावर कम्पनीलाई खारेज गरेको हो ।विभागको सोमबार बसेको बैठकले इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस्, […]