नेपाल र चीनबीच ७ ओटा सम्झौतामा हस्ताक्षर

बेइजिङ: राष्ट्रपति विद्यादेवी भण्डारी तथा उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि उहाँहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गर्नुभयो । त्यस्तै […]

संसदमा देउवाको आक्रोश : कांग्रेसका पालामा शूरु भएका योजना उद्घाटन गरेर झुटा प्रचार गर्ने ?

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान विगतमा आफनो नेतृत्वमा शूरु भएका योजना उद्घाटन गरेर झुटा प्रचारमा गरेको आरोप लगाउनुभएको छ । सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गर्दै हिडेको बताउनुभयो । ‘हाम्रो पालामा भएको योजना उद्घाटन गर्दै सरकार […]

पाल्पा दुर्घटना अपडेट: जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु

पाल्पा: पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।  एसपी पोखरेलका अनुसार निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर […]

मुख्‍यमन्त्रीलाई तर्साउन रोल्पामा गराइयो बम विस्फोट

काठमाडौं: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थलबाट केही किलोमिटर पर अज्ञात समूहले ‘बम’ विस्फोट गराएको छ । नेकपाको रोल्पा जिल्ला कमिटीको कार्यक्रममा सहभागी हुन लिवाङ पुग्नुभएको मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थलबाट करिब ५ किलोमिटर पर अज्ञात समूहले बम विस्फोट गराएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दीपक थापाका अनुसार कार्यक्रम शूरु […]

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

पाल्पा : पाल्पामा जन्ती बोकेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटनामा परेको छ। पाल्पाका एसपी विश्वमणी पोखरेलका अनुसार निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन। प्रहरी टोली घटना स्थल तर्फ गएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको खबर आएको एसपी […]

नेपाल एअरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाण्डौ :  नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नु भएको छ । क्यानको बैठकले लामालाई तत्कालका लागि निलम्बन गर्न निर्देशन दिएको हो । केही समयअघि एक युट्यूब च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएपछि पाइलट लामा निलम्बनमा पर्नुभएको हो । पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले […]

संघीय स‌ंसद्को चौथो अधिवेशन : आज तीनओटा शोक प्रस्ताव पारित गरिने

काठमाडौं: संघीय स‌ंसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन आज (सोमबार) केहि बरमा बदेखि शुरु हुँदै छ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे बस्दैछ । सोमबार दुवै सदनका बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त […]