भक्तपुर: भक्तपुरमा १३ वर्षीया २ जना बालिका बलात्कृत भएका छन्। बलात्कारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १० मूलढोकाका २६ वर्षीय सुनील शिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन्। भक्तपुर नगरपालिका १ इपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका(९ बुङदेल घर भएका […]
वीरगन्ज: गलत विवरण पेश गरी छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नगारिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेली जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् । वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगका उनलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा […]
दैलेख: सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ। तर, यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो। त्यही कारण खोलाको बीचमै बसेका फिरन्ते जाति राउटे खोला बढ्ने डरले अली पर सरेका छन्। सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन्। प्रतिनिधिसभा सदस्य डा डिला […]
काठमाण्डौ: एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर सोमबार (वैशाख १६) देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने भएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र […]
भक्तपुर: सूर्यबिनायक नगरपालिका ४, दधिकोट, मोडर्न चोक स्थित मोडर्न बोर्डिङ्ग सेकेण्डरी स्कुलको रजत महोत्सव भव्यताका साथ काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा यही बैशाख १४ गते सम्पन्न गरियो । यस कार्यक्रममा यसै बिद्यालयका संस्थापक अध्यक्ष बाबुकाजि कसपालको सभापतित्व, प्रमुख अतिथि युवा नेता पूर्व उद्योग मन्त्री, भक्तपुर क्षेत्र न. २ बाट निर्वाचित सभासद महेश […]
सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्षलाई घु लिदा लिदैं नियन्त्रणमा लिएको हो ।क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा वडाध्यक्ष मोहम्मद चिल्टुमियाँलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखिएको अख्तियारको टोलीले जनाएको छ ।
कपिलवस्तु : कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको हो । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् […]