काठमाण्डौ: सवारी जाम कम गर्न कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ लागू गरिएको छ । यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू भइसकेको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं […]
सिन्धुली: विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका ६ रिठ्ठेभीरमा भएको मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बा ६० प ९४ नं. को मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको हो। दुर्घटनामा परी धनुषाको कमला नगापालिका–२ का ३३ वर्षीय राजेश कुमार ठाकुरको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी […]
बर्दिया : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियार पक्राउ परेका छन् । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङका अनुसार उनलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
काठमाण्डाै : नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन […]
काठमाडौं : सङ्घीय संसद्को चौथो अधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ। दिउँसो ४०० बजे अधिवेशन आह्वान गरिएको छ । अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित गर्ने जनाएको छ । तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार चौथो अधिवेशन आह्वान गर्नुभएको हो । […]
काठमाडौ: सिके राउतले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको पार्टी दर्ताको लागि निवेदन दिनुभएको हो । दल दर्ताका लागि आज निवेदन दर्ता गराइएको पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले जानकारी गराउनुभयो । पार्टीको चुनाव चिन्ह अष्टदल रहने प्रस्ताव गरेको छ, भने […]
संखुवासभ: बाल विवाह हुँदै गरेको सूचनाका आधारमा यहाँ एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो । जिल्लाको खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा […]