काठमाण्डौ : नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने १ सय ९७ म्यानपावर खारेजीमा परेका छन् । वैदेशिक रोजगार विभागका अनुसार नियम विपरित काम गर्ने १ सय ९७ वटा म्यानपावरलाई खारेजी गरिएको हो । विभागले वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा […]
काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइका क्रममा ४ ओटा शव भेटिएका छन् । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सफाइका क्रममा ४ ओटा शव भेटिएको पुष्टि गर्नुभयो । विभागले वैशाख १ गतेबाट सफाइ सुरु गरेको हो । सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको मृत्यु भएको विभागले जनाएको छ । तीमध्ये धेरैको […]
काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही नागरिक मगन्ते भइ सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान(बस्न जिम्मा लिने बताउनुभएको छ । उहँले आगामी पन्ध्राौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गर्नुभयो । हामी समृद्ध […]
काठमाडौं: देशका सम्पूर्ण तथ्याङ्क तथा विवरणहरु अनलाइनमार्फत हेर्न मिल्ने भएको छ । मुलुका सम्पूर्ण स्थानीय तहको वडादेखि सम्पूर्ण देशको जनसंख्या, बोलिने भाषा, जात–जाति, समूदाय, जीवनस्तर लगायत सबै विवरण अनलाइनबाट नै हेर्न सकिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’को आरम्भ गरेसँगै सबै विवरण अनलाइनबाट […]
कैलाली: कैलालीको घोडाघोडी नगरपालिका ३ छाडा सामुदायिक वनमा १२ घन्टादेखि चितुवा पासोमा परेको छ। स्थानीयले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मीलाई खबर गरेका थिए। संरक्षणकर्मीहरु चितुवा रहेको स्थानमा पुगे पनि प्राविधिक टोली नहुँदा चितुवाको उद्धार हुन सकेको छैन। पासोले चितुवाको पछाडिको भागमा केही चोट लागेको बताइएको छ । उद्धारपछि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइनेछ । चितुवा आइतबार […]
रोम बहादुर गुरुगं गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको लाप्राकमा निर्माण गरिएको लाप्राक नमुना बस्तीको काम सम्पन्न भएको खवर सुन्नमा आएको छ । लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा एनआरएनएन जुटेको खवरले निकै खुसी तुल्याएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको लाप्राक नमुना बस्ती हस्तान्तरण गर्न लागिरहँदा यसको निकै चर्चा […]
काठमाडाैं : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो। जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क […]