मुस्ताङ: प्रत्येक वर्ष मुस्ताङमा लाग्ने चौंरीको रगत खाने मेलामा एउटा चौंरीबाट १० देखि ४० गिलाससम्म रगत निकालिने गरिएको छ । सोमबारदेखि जारी मेलामा चौरीको आलो रगत खान स्थानीयबासी ठूलो हुल बाँधिएर मेलास्थल पुग्ने गरेका छन् । चौरीको आलो रगतले मानिस निरोगी हुने विश्वासका कारण प्रत्येक वर्ष यो मेला लाग्ने गरेको छ । यसपाली पनि मुस्ताङको […]
काठमाडौं: कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु भएको छ । आज (आइतबार) पहिलो देखि अंगेजीको परीक्षा परेको छ । आइतबारदेखि शुरु भएको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले […]
सप्तरी : सप्तरीमा चट्यााङ लागेर एक जनाको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका–८ काचन निवासी ६० वर्षीय मोहन साहको चट्यांङ लागेर आज विहान निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गएका बेला उनलाई चट्यांङ लागेको थियो । आज विहान सप्तरीमा मेघ गर्जनसहित पानी परेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार ) बस्दैछ। दलको कार्यालय सिंहदरवारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो । कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डा तय गर्ने बैठक बोलाइएको हो । त्यस्तै, बैठकले पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गर्ने जनाएको […]
सिरहा: पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइत प्रक्राउ परेका छन् । गोइतालाई सदरमुकामस्थित सरकारी निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार सप्तरीबाट पक्राउ पूर्जी आएपछि निवासबाटै पक्राउ गरिएको हो । सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको […]
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले नागरिकतालाई सत्ता टिकाउने माध्यम बनाएर मुलकु नरहने चेतावनी दिनुभएको छ । नागरिकताको माध्यमबाट सक्ता टिकाउन खोजीए र त्यसलाई माध्यम बनाइए मुलक नै नरहने चेतावनी दिनुभएको हो । नागरिकता विधेयकविरुद्ध संघर्ष समन्वय समितिले शनिबार राजधानीमा गरेको छलफलमा बोल्दै अख्तियारका पूर्वप्रमुख उपाध्यायले भन्नुभयो, ‘राजनीतिक दलका नेताहरूले नागरिकतामा कडाई […]
काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संवैधानिक राष्ट्रपति विद्यादेवी भण्डारीको अनावश्यक सक्रियता बढेको भन्दै लोकतन्त्रको लागि यस्तो सक्रियता शुभ संकेत नभएको विचार ब्यक्त गर्नुभएको छ । कार्यकारी राष्ट्रपति जस्तो गरी बीआरआई सम्मेलनमा भाग लिन चीन जानु समेत उपयुक्त नभएको महामन्त्री कोइरालाको तर्क छ । पछिल्लो समय राष्ट्रपतिको सक्रियता बढेको दावी भन्दै नेपाली कांग्रेस कोहलपुर […]