सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शनिबार सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना ५ ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी […]

लाइसेन्स बनाइदिन घुस माग्ने बिचौलिया पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलियालाई घुससहित पक्राउ गरेको छ । एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियारको टोलीले रोशनकुमार रौनियार र सुनिल यादवलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले सेवाग्राहीसँग […]

आफ्नै पतिद्वारा जलाइएकी मण्डलको निधन

काठमाडौं: आफ्नै पति र सासूले जिउँदै आगो लगाएर गम्भीर घाइते भएकी कञ्चन मण्डलको दुखदायी निधन भएको छ । सिरहाकी मण्डलको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहा नगरपालिका–८ की २१ वर्षीय मण्डललाई विहीबार आफ्नै पति र सासु मिलेर जिउँदै जलाएका थिए । श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन मण्डल फरार […]

‘मानव तस्करी’ आरोपमा ‘हिम्मतवाली’ चलचित्र बनाएका सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’

काठमाडौं : नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् । साढे ८ महिनाको प्रक्रियापछि […]

मनमोहनले थालेका अधुरा काम पूरा गर्ने प्रधानमन्त्री ओलीको घोषणा

ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले थालेका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीले वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं तत्कालिन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा शुक्रबार सानेपामा आयोजित […]

प्यासिफिक हस्पिटालिटीमा अर्गानिक उत्पादनका स्टल राखिने: एनआरएन अध्यक्ष भट्टद्धारा भोली उद्घाटन

काठमाडौं : अष्ट्रेलियामा ब्यवसाय गर्दै आउनुभएको गणेश केसीद्धारा सञ्चालीत प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीले मुलुकभर उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसानद्धारा उत्त्पादित खाद्य वस्तु बिक्री वितरण गर्नको लागि स्टल प्रदर्शनी गर्ने भएको छ । मौतिदेवीस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमी प्रांगणामा बैशाख १४ गते शनिबार देखि हरेक शनिबार बिहान ८ बजे देखि […]

राष्ट्रपति भण्डारीद्धारा दुई हजार वर्ष पुरानो सैनिक संग्रहालयको अवलोकन

एजेन्सी : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिए। सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । सो सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन्। ती किन्सिहुवाङको […]