झापा: चट्याङ लागेर भद्रपुरमा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई शुक्रबार बिहान २ बजे चट्याङ लागेको मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताउनुभयो। भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।
काठमाडौं : काठमाडौं भ्यू टावर बनाउने जिम्मा लिएको जलेश्वर स्वच्छन्द र बिकोई कम्पनीले खुलामञ्च अतिक्रमण गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । विरोधमा स्थानीय सर्वसारधण र सम्पदा संरक्षण बचाउ अभियान्ताहरु उत्रिएका हुन । । ‘खुलामञ्चमा व्यापार गर्न पाइँदैन, बन्द गर’ भन्दै अभियान्ताहरुले पुरानो बसपार्कमा बनाइएको ४२ सटरलाई बन्द गर्न आग्रह समेत गरे । ‘खुलामञ्च कहाँ […]
काठमाण्डाै: काठमाण्डाै महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो । मेयर शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र […]
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका –७ ताम्ति गाउँमा भीरबाट लडेर आमा र छोराको मृत्यु भएको छ । ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको मृत्यु भएको हो […]
चितवन: चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ४१ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा मरेको र तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर […]
तनहुँ: पर्यटक आकर्षित गर्ने उद्देश्यले बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो सिद्धगुफाभित्र कार्यपालिकाको बैठक आयोजना गरिएको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र आयोजना गरिएको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक गुफाभित्र आयोजना […]
काठमाडौं : विं सं. २०७२ सालमा गएको गोरखा भूकम्पको विहीबार चार वर्ष पूरा हुँदैछ । आज भन्दा चार वर्ष अघि आजैको दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास अझै कायमै छ । बुधबार बिहान पनि पुनः भूकम्पले झस्काएको घटना ताजै छ । भूकम्पले त्यो बेला क्षती गरेका भौतीक संरचना अझै पुर्ननिर्मााण भइरहेका […]