राष्ट्रपति भण्डारीलाई चीनमा स्वागत

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको छ । भण्डारीलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणमा जानु […]

उपत्यकामा फेरि भूकम्पको धक्का : तेस्रो पटक गयो नौबिसे केन्द्रबिन्दु भएर परकम्प

काठमाण्डौ :  धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअिघ बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ […]

पूर्वमन्त्री एवं कांग्रेसका पूर्वकोषाध्यक्ष ताम्राकारको अन्त्येष्टि गरिदै

काठमाडौं: नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको आज अन्त्येष्टि गरिँदैछ । पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका ताम्राकारको मंगलबार दिउँसो ३ः४५ बजे ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्व नेता ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १०ः३० देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। ताम्राकारको पार्थिव शरीरमा पार्टी […]

डडेल्धुरा बस दुर्घटना अपडेट: मृतक पाचै जनाको सनाखत, ३४ घाइते, तीनको अवस्था गम्भीर

डडेल्धुरा: गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मा मृत्यु भएका सबैको सनाखत भएको छ । दुर्घटनाा घाइते ३ जनाको भने अवस्था गम्भिर छ । डेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलेडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मृत्यु हुने पाँच जनाकै सनाखत भएको हो । मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, […]

सिन्धुपाल्चोकमा पहिलो पटक महिला सिडिओ : यसअघि ४६ जना पुरुष सिडिओ बनेका थिए

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकले पहिलो पटक महिला प्रमुख जिल्ला अघिकारी (सिडिओ) पाएको छ। गृह मन्त्रालयकी उपसचिव गोमादेवी चेम्जोङ पहिलो पटक जिल्ला प्रमुख भएर सिन्धुपाल्चोक आउनुभएको हो । उहाँले जिल्लाको ४७ औँ सिडिओको रुपमा कार्यभार सम्हाल्नु भएको छ । यसअघि ४६ जना पुरुष सिडिओ बन्दा महिलाले यो अवसर पाएका थिएनन । सिन्धुपाल्चोकले यसअघि उपसचिव दुर्गा बञ्जाडेलाई पहिलो सहायक […]

राष्ट्रपति भण्डारी आज चीन जाँदै : गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखको पहिलो राजकीय भ्रमण

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आज चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा। रामवरण यादव चीन भ्रमणमा जानुभएको थियो । तर, उहाँको भ्रमण राजकीय थिएन । भण्डारी बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एयरलाइन्सको विशेष उडानबाट […]

करेन्ट लागेर एकको मृत्यु

गोरखा : गोरखाको गण्डकी गाउँपालिका ३ फुजेल एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर ३१ वर्षीय भुवन अधिकारीको मृत्यु भएको हो। अधिकारी विद्युत सम्बन्धी काम गर्दै आएका थिए ।  कुखुरा फार्ममा लाइन जोड्ने क्रममा बिजुली सर्ट भएर उनको मृत्यु भएको प्रहरील जनाएको छ प्रहरी प्रमुख भोला रावलका अनुसार उनको शव पोस्टमार्टमका लागि सदरमुकामतर्फ […]