आज लोकतन्त्र दिवस: लोकतन्त्र स्थापना भएको सम्झनामा विविध कार्यक्रम गर्दै मनाइँदै

काठमाण्डौ : आज वैशाख ११ गते, लोकतन्त्र दिवस । २०६२÷०६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभएको थियो । तत्कालिन राजा  ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर […]

डडेल्धुरामा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

डडेल्धुरा: भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको छ । धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटनामा परेको हो। बस नम्बर भने खुलेको छैन।  यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । मृतकहरुको सनाखत […]

११ मिनेटमा दुई परकम्पन : पहिला ५ दशमलव २ र पछि ४ दशमलव ३ रेक्टरको परकम्प

काठमाण्डौ : धादिङको नौबिसे केन्द्रबिन्दु भएर बिहानै दुई परकम्प आएको छ । करिव ११ मिनेटको अन्तरालमा दुईवटा परकम्प गएको हो । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ०७२ साल वैशाख १२ गते […]

नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको परकम्प

काठमाण्डौ :   बिहानै धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको हो । नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख […]

भूकम्पले सर्वसाधारण घर बाहिर निस्किए : भूकम्पले २०७२ सालको पूर्व सूचना दिएको भन्दै क्रास

काठमाडौं : बिहानै लगातार दुई पराकम्पन गरेपछि सर्वसाधारणमा क्रास उत्पन्न भएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् । फेरि अर्को झड्का महशुस भएको छ […]

राष्ट्रपतिको चीन भ्रमणका क्रममा यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर : परराष्ट्रमन्त्री

काठमाडौं:  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति भण्डारीको आगामी चीन भ्रमणका क्रममा सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने बताउनुभएको छ । “प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाका उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेर पनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं,” काठमाडौंमा आयोजित […]

विप्लवका मध्यकमाण्ड इन्चार्ज ओलीसहित ६ जना जेल चलान

काठमाडौं : विप्लव नेतृत्वका नेकपाका मध्यकमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ सहित ६ जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ मंगलबार ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि बिस्फोटक पदार्थ बम विस्फोटमा संलग्न रहेको भन्दै उनीहरुलाई नख्खु कारागार पठाउन आदेश भएको हो । ओलीसहित शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परियार […]