सुन तस्करको रुट विमानस्थलबाट मोडिर्दै चीनको नाकातर्फ

काठमाडौं: सुन तस्कहरुले रुट परिवर्तन गर्दै चीनको नाकातर्फ केन्द्रित गर्न थालेका छन् । सरकारले विमानस्थलमा कडाई गर्न थालेपछि तस्कहरुको रुट परिवर्तन भएको पाइएको हो । अहिले तस्करहरुले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउन कमी गरेको भए पनि चीनतर्फको नाका हुँदै ल्याउने क्रम भने रोकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै सुन तस्करीको सबै बाटाहरु […]

सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै ४० लाखभन्दा बढी ठगी गर्ने प्रकाउ

काठमाडौं : विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत चिट्ठा परेको र उक्त रकम प्राप्त गर्न केही शुल्क चाहिने भन्दै ठगी गर्नेलाई प्रहरील्े पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमित कुमार र वाङ होङसियालाई मङ्गलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा इमोबाट चिट्ठा परेको भन्दै ४० लाख रुपैयाँभन्दा बढी […]

७ किलो सुनसहित १ जना पक्राउ

काठमाडौं : रसुवाको टिमुरे नाकाबाट ७ किलो सुनसहित १ जना पक्राउ परेका छन् । चीनको केरुङबाट काठमाडौंतर्फ सामान बोकेर आउँदै गरेको ना४ख ९०६८ नम्बरको ट्रकबाट प्रहरीले सुन बरामद गरेको हो । टिमुरे भन्सार कार्यालयबाट जाँचपास गरी काठमाडौं आउँदै गरेको ट्रकलाई खानतालासी गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

ग्रेटर नेपालका अध्यक्ष बैङ्किङ कसुरमा पक्राउ

काठमाडौं :ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल बैङ्किङ कसुरमा पक्राउ पर्नुभएको छ । नेपाललाई ६ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको जनाएको छ । नेपालले गौशालामा सञ्चालन गर्दै आएको इडेन पब्लिक स्कुलका घरबेटी नरेशकुमार न्यौपानेलाई नेपालले खातामा पैसा नभए पनि चेक दिनुभएको थियो । उहाँलाई बैङ्किङ कसुरमा कारबाही गर्ने […]

नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

काठमाडौं : नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले एक महिनापछि अन्तरिक्षमा रही पृश्थीमा परिक्रमा गर्ने भएको छ । अबको डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको हो। यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ ३० बजे ९प्क्षे(पण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो […]

राप्रपा र सरकारबीचको वार्ता बिनानिस्कर्ष टुंगियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा नेतृत्वको राप्रपा र सरकारबीचको वार्ता बिनानिस्कर्ष टुङिगएको छ। धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत रापपासँग आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बार्ता भएको थियो । वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो। छलफलबाट निस्कर्ष निस्कन नसकेकोले सरकारसँग एक हप्ताभित्रै अर्को छलफल हुने गरी आजको […]

पाल्पामा जीपको ठक्करबाट वृद्धाको मृत्यु

पाल्पा : पाल्पाको रामपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग २ च ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाका अनुसार घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक […]