काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले नेपाली जनतासँग गरेको बाचाअनुसार पार्टी एकता गरेरै छाडेको बताउनुभएको छ । नेपाली जनतासँग गरेको बाचाअनुसार आफूहरु अगाडि बढेको बताउँदै अध्यक्ष प्रचण्डले जनचाहाना भन्दा अलीकती पनि विचलीत नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, […]
काठमाडौं : सत्तारुढ नेकपाले ७७ ओटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका शीर्ष नेताको उपस्थितिमा ७७ जिल्लाकै अध्यक्ष र सचिव टुंगो लगाएको हो । आज सार्वजनीक गरिएका अध्यक्ष र सचिवको नामावली यस्तो छ ;
काठमाडौं: नेकपा भक्तपुरको अध्यक्षमा बचन देउजा र र सचिवमा डिपी ढकाल चयन हुनुभएको छ । पार्टी एकता भएको लामो समयपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको हो । भक्तपुरमा पूर्व एमालेलाई अध्यक्ष र पूर्व माओवादीलाई सचिवको जिम्मेवारी परेको हो । सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन गरिएको हो ।
काठमाडौं : नेकपा दोलखाको अध्यक्षमा ईश्वर पोखरेल र सचिवमा गोपाल पाण्डे चयन हुनुभएको छ । दोलखामा पूर्व एमालेलाई अध्यक्ष र पूर्व माओवादीलाई सचिवको जिम्मेवारी परेको हो । सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन गरिएको हो ।पार्टी एकता भएको लामो समयपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको हो ।
२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको हस्तान्तरण चाँडै हुँदैछ । लगभग ९५ प्रतिशत काम सम्पन्न भइसकेको बस्ती हस्तान्तरणको मिती भने तय भइसकेको छैन । गैर आवासीय नेपाली संघ(एनआरएनए) ले सञ्चालन गरेको लाप्राक नमुना यस्तो बनेको छ;
काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकता घोषणा आज हुँदैछ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज तल्लो तहको एकता घोषणा गनि लागिएको हो । आइतबार सचिवालयले गरेको निर्णयअनुसार आज जिल्ला तहको नेतृत्वका लागि अध्यक्ष र सचिवका नाम सार्वजनिक गरिनेछ । एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन […]
नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । रोकी राखेको यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला […]