नेकपाले ७७ ओटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगायो : नाम सोमबार कार्यक्रम गरेर सार्वजनिक

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ ओटै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । लामो गृहकार्यपछि नेकपाले सो निर्णय लिएको हो । आइतबार साझ बसेको सचिवालय बैठकले सबै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर […]

बागलुङमा जन्ती बस दुर्घटना : १ को मृत्यु, ७ जना घाइते

बागलुङ : जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। काठेखोला गाउँपालिका ५ बिहुँमा आइतबार साँझ दुर्घटना भएको हो । मृत्यु हुनेमा काठेखोला गाउँपालिका ८ का ६४ वर्षीय गंगा बिक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार काठेखोला गाउँपालिका ५ […]

१ किलो ६ सय ८३ ग्राम सुनसहित विमानस्थलबाट समातीय २ विदेशी महिला

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ विदेशी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भियतनामको राहदानी बी४१६७३५४ वाहक भो थी मोइ र कम्बोडियाको राहदानी एन००८३६२९८ वाहक थिएभी यूआई छन् । थाइ एयरको फ्लाइट नम्बर टीजी५८५ बाट काठमाडौं उत्रिएका भियतनाम र कम्बोडियाको राहदानी बोकेका महिला १ किलो ६ सय ८३ ग्राम सुनसहित पक्राउ परेका हुन् […]

श्रीलंका बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम विस्फोटको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोलगायत देशका विभिन्न ठाउँमा भएका बम विस्‍फोटनको घटनाप्रति प्रधानमन्त्री ओलीले दुख ब्यक्त गर्नुभएको हो ।  सामाजिक सञ्जाल ट्विटरमार्फत ओलीले निर्दोष सर्वसाधारणको मृत्यु हुनेगरी भएका श्रृंखलाबद्ध बम आक्रमणले अत्यत्न दुखित बनाएको उल्लेख गर्नुभएको छ । साथै मृतकका आफन्तप्रति […]

गाउँपालिका अध्यक्षको निधन

काठमाडौं : महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा आज निधन भएको हो । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त चौधरीको निधन भएको हो । शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । चौधरी राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

संसदको वर्षे अधिवेशन बैशाख १६ गते बोलाइयो

काठमाडौं : हिउँदे अधिवेशन सकिएर स्थगीत रहेको संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गते बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन बोलाउनुभएको हो । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ […]

सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीश र प्रमुख निर्वाचन आयुक्तले लिए शपथ

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिने नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन् […]