चेन्नई पुगेका २६ किशोरको उद्धार

काठमाडौं: रोजगारीका लागि भारतको चेन्नई जाँदै गरेका महोत्तरी, धनुषा, सिरहा र सर्लाही जिल्लाका २६ किशोरलाई भारतको विहार राज्यको बरियारपुर सीतामढीबाट उद्धार गरिएको छ। ललितपुरस्थित केन्द्रीय बाल कल्याण समिति, धनुषा जिल्ला बालकल्याण समिति, प्रदेश नं २ सरकार र छोराछोरी नेपालको समन्वयमा ती किशोरलाई बरियारपुर सीतामढीस्थित बालगृहबाट उद्धार गरिएको हो। भारतीय सुरक्षा पदाधिकारीले गत चैत १३ गते […]

वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख ब्यक्त

काठमाडौ‌: कोषकार एवं साहित्यकार वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन समेत प्रकट गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत भन्नुभएको छ, ‘वरिष्ठ भाषाशास्त्री, शब्दकोषकार तथा साहित्यकार वसन्तकुमार शर्मा ‘नेपाल’को निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँको निधनले नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ, […]

‘नेपाली शब्दसागर’का लेखक वसन्तकुमार शर्माको निधन

काठमाण्डौ :साहित्यकार तथा शब्दकोशकार वसन्तकुमार शर्मा नेपाल को ९७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छातीको स‌ंक्रमणबाट अस्वस्थ शर्माको शनिबार चावहिलस्थित आफ्नै निवासमा निधन भएको हो । वि.सं‍. १९८४ मा काठमाण्डौकै महाराजगञ्जमा जन्मिनुभएको शर्मा नेपालको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागरका लेखक हुनुहुन्छ । उहाँको करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् ।

प्रधानमन्त्रीलाई बुटवलमा कालो झण्डा

बुटवल: जितगढी विजयोत्सवमा आउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । प्रधानमन्त्री ओलीले मन्तव्य दिइरहेका बेला एक युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन्। प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलीरहँदा ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्’ भन्दै अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाउनुभएको हो । घिमिरे कुन पार्टी निकट हुन् भन्ने हालसम्म […]

गत वर्ष प्राकृतिक प्रकोपमा परी ४५४ को मृत्यु, साढे चार अर्बको क्षति

काठमाडौँ : गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाए भने साढे चार अर्बो क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा परी चार हजार १८८ घाइते भएका छन् । प्रकोपमा परिर ११ हजार ५३३ परिवार प्रकोपबाट प्रत्यक्ष प्रभावित भएका छन् । चार […]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चितवन: चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नंको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार कालिका नगरपालिका–४ पदमपुरका ३० वर्षीय […]

आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै आरोप पुष्टि गर्न नेकपा महासचिव पौडेलले गरे आह्वान (बिज्ञप्तिसहित )

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको ललिता निवासको जग्गाको विषयमा आफूमाथि अनर्गल आरोप लगाइएको भन्दै त्यसको पुष्टि गर्न आह्रवान गर्नुभएको छ । पौडेलले विज्ञप्तिमार्फत सरकारी जग्गा हिनामिनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै ललितानिवास परिसरको कित्ता नं. ३०९ को आठ आना जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा […]