देशका विभिन्न ठाउँमा हावाहुरीसहित असिना पानी

काठमाडौं: उपत्यकासहित मुलुकका विभिन्न ठाउँमा हावाहुरीसहित असिना पानी परेको छ ।  अहिले देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडि भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। यस्तै महाशाखाले जनाए अनुसार आगामी आइतबार सम्मनै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू […]

धर्म निरपेक्षता खारेजीको माग गर्दै कमल थापाले जलाए ‘धर्म निरपेक्षता’ लेखेको पर्चा: दर्जन पक्राउ

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कलम थापाले धर्मनिरपेक्षता खारेजीको माग गर्दै धर्मनिरपेक्षता लेखेको पर्चा जलाउनुभएको छ । अध्यक्ष थापाले शुक्रबार धर्मनिरपक्षता खरेजीको माग गर्दै प्रदर्शन गर्ने क्रममा रत्नपार्कमा धर्म निरपेक्षता लेखेको पर्चा जलाउँनुभएको हो । सो क्रममा दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। प्रदर्शनमा उनीहरुले आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा […]

जन चिकित्सालयको ३७ औँ स्थापना दिवस

केके मानन्धर /काठमाडौं    प्रदेश नं. ३ का सांसद बसन्त मानन्धरले स्थानीय स्तरमा विकास निर्माणको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंस्थित जन चिकित्सालयको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मानन्धरले नेतालाई मात्र गाली गरेर समस्या समाधान नहुने पनि बताउनुभयो । ‘हामी नेतालाई मात्र गाली गरिरहेका छौं, तर विकास निर्माणको […]

आन्दोलनको तयारीमा लाग्न विद्यार्थीहरुलाई सभापति देउवाको आह्रवान

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यार्थीहरुलाई आन्दोलनको तयारी गर्न आह्रवान गर्नुभएको छ । काग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर […]

विप्लवका किसान संघ अध्यक्ष टोपराज बस्याल पक्राउ

पाल्पा: बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याल पक्राउ परेका छन । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ […]

भक्तपुरको बिस्केट जात्रामा ढुङ्गा हानाहान: नौ घाइते घाइते

भक्तपुर: यो वर्ष बिस्केट जात्रा शान्तिपूर्ण रुपमा भए पछि अन्तिम दिन भने ढुङ्गा हानाहान भएको छ । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ […]

स्टाफ कलेजमा जागिर खुल्यो

काठमाडौं : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायक सम्म दरखास्त आव्हान गरेको छ । लोकसेवाको सहमति अनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरक एवंम खुला प्रतियोगिताबाट स्थाी रुपमा र नेपाल सरकरा वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्यबाट काजद्वारा पूर्ति गर्नु पर्ने भएको भन्दै सूचना प्रकाशित गरेको हो ।