रातो पासपोर्टका आरोपीत पूर्व सांसद सरकारी छाप किर्ते मुद्दामा पक्राउ

काठमाडौँ: रातो पासपोर्ट बेचेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

गण्डकी प्रदेश सभा गेट अगाडि राखिएको बम डिस्फोज गर्दा घाइते सैनिकलाई काठमाडौं पठाइयो

पोखरा: नेत्रविक्रम चन्द्र (बिप्लव) समूहद्वारा पोखरामा राखिएको बम निष्क्रिय पार्ने क्रममा घाइते सैनिकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । बमबाट कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रेहातको हत्केलामा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सैनिकको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले […]

माओवादीद्वारा भारतमा एक निर्वाचन अधिकृतको हत्या

काठमाडौं : भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको बिविसीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेको बीबीसले जनाएको छ । संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदानकेन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ। विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत […]

‘नेपाली महिलाहरुको आवाज’ले गर्यो महोत्तरीको औरहीमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौंं : नेपाली महिलाहरुको आवाज संस्थाले महोत्तरीको औरही नगरपालिकामा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली महिलाहरुको आवाज, काठमाडौको आयोजनामा भएको एक दिने स्वास्थ्य शिविरमा तीन सय भन्दा बढी लाभान्वित भएका छन् । शिविरमा बालबालिकाका रोगहरु, महिलाका रोगहरु लगायत अन्य सबैखाले रोगहरुको चिकित्सकहरुद्वारा सामान्य चेकजाँच गरि निशुल्क औषधि वितरण गरिएको थियो । औरही नगरपालिकाका […]

मकवानपुरमा दुई वटा गाडीमा आगजनी

मकवानपुर: मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी भएको छ। जिल्लाको भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी भएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका हुन्। […]

नेपाल अन्तरीक्ष युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडौं : नेपालको पहिलो भू–उपग्रह पहिलो पटक प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको बताउनुभएको छ । ट्वीटमार्फत सम्बद्ध पक्ष सबैलाई बधाई दिर्दै प्रधानमन्त्रै ओलीले नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको प्रतिक्रिया जनाउनुभयो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भन्नुभएको छ, ‘आज बिहान २ः३० बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ […]

पोखरामा गण्डकी प्रदेशसभा भवन गेट अगाडी बम फेला

कास्की : नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द्र (विप्लव ) को नेपाल बन्दको दिन पोखराका दुई ठाउँमा शंकास्पद बस्तु फेला परेको छ । गण्डकी प्रदेशसभा भवन प्रबेश गेट गाडी शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । पोखरा- ३ नदिपुरमा रहेको प्रदेशसभा भवन प्रबेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले […]