नवलपरासी : पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । राजमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु राखिएपछि यातायात अवरुद्ध बनेको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दलाई प्रभावकारी बनाउन शंकास्पद बस्तु राखिएको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया पुलमा रातो झोलामा […]
सोलुखुम्बु : समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । उडान र अवतरणका बेला अचानक समस्या देखिए कुनै वैकल्पिक व्यवस्था […]
पाल्पा : पाल्पामा वम विस्फोट भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार वम विष्फोट भएको हो । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो । विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। बिहीबार बिहान […]
चितवन : चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र ईच्छाकामना गाउँपालिकामा गाडीले मोटरसाइकललाई ठक्कर तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो । भरतपुर महानगरपालिका–११ बाइपासरोडको गुम्बाचोकमा बुधवार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा इच्छाकामना गाउँपालिका–५ घर भई भरतपुर–११ मा बस्दै आएका ३७ वर्षीय रेशमबहादुर गुरुङको मृत्यु […]
काठमाडौं: संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई सर्वसम्मतिले अनुमोदित गरेको छ। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार समितिमा थपलियाविरुद्ध परेका ६ उजुरीमाथि र उहाँका अनुभव र कार्ययोजनाबारे छलफल भएको थियो। त्यस्तै, राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको […]
उदयपुर : हावाहुरी र वर्षासँगै परेको चट्याङले उदयपुरमा एक जनाको मृत्यु भएको छ । हावाले सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँका कैयौंको घर टहराको छानो उडाउनुका साथै ६ जना घाइते भएका छन् । गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको […]
सोलुखुम्बु : सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ। चैत २७ गते बुधबार काठमाडौंबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो। उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर […]