काठमाडौं: बालुवाटारको जग्गा भूमाफियाको नाममा दर्ता गराएको विराधमा आन्दोलनमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले दलका संयोजक उज्जल थापासहित १७ जनालाई पक्राउ गरेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरु भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै […]
काठमाडौं: नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। बुधबार थापाथलीस्थित नर्भिक इन्टरलेशनल अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी भई उपचारत श्रेष्ठको बुधबार बिहान ११ बजे उपचारकै क्रमा निधन भएको हो । करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँलाई मृगौलासम्बन्धी समस्या देखिएपछि शल्यक्रियासमेत […]
चितवन: राप्ती नदीमा १ सय गोही छाडिएको छ। सय गोही छाडिएसँगै राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७ सय ८५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० गोही छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको छ । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन्। यसै वर्षका बच्चादेखि ४० […]
हेटौँडा: गृहमन्त्री रामबहादुर थापा (बादल)ले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक भएको बताउनुभएको छ । गृहमन्त्रायद्वारा ३ नम्बर प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेकोले सरकार त्यसतर्फ प्रतिबद्ध बताउनुभयो । संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले […]
धनकुटा: वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ। चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मोबाइल चार्जमा राखेर सुतेका तामाङ वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उपचारकै […]
काठमाडौं : भारतमा ‘टिक–टक’माथि प्रतिबन्ध लगाइएको छ । भारतले भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाएको हो । मद्रास उच्च न्यायालयको निर्देशानुसार भारतमा उक्त एप्स प्रतिबन्ध लगाइएको समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार मद्रास उच्च न्यायालयको आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेपछि प्रतिबन्ध मंगलबार रातिबाट लागू भएको हो।] […]
भक्तपुर : भक्तपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–९, च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नम्बरको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको हो । […]