काठमाडौं : आज पनि देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्रहरुले सचेत भएर बस्ने सल्लाह दिनुभएको छ । केहि दिनदेखि मौसममा आएको खराबीले देशैभरी हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरिएको हो । मौसमवीद् शान्ति कँडेलका अनुसार बँगालको खाँडीबाट जलवाष्पयुक्त हावा र पश्चिमी वायू निक्कै सकृयपूर्वक […]
कपिलवस्तु : कपिलवस्तुमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। जिल्लाको बाणगंगा नगरपालिका २, पिपराचोकमा मंगलबार दिउँसो बस र ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दैलेखको माबो गाउँपालिका २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको मृत्यु भएको हो। जिल्लाको शिबराज नगरपालिका, […]
काठमाण्डौ : ‘पब्जी’ खेलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक र रितेश पौडेलले खेलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै मंगलबार संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गर्नुभएको हो । कानुन निर्माण गरेर मात्रै यस्ता विषयमा बन्देज लगाउन पाउने संवैधानिक व्यवस्था भए पनि त्यस्तो […]
काठमाडौं : सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको निर्णयमाथि अंकशु लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिननपर्ने आदेश गरेसँगै बाटो खुला गरिदिएको हो । न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको […]
काठमाडौं: सरकारलाई खबरदारी गर्न भन्दै नेपाली कांग्रेसले यही बैशाख ११ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा गरेको छ । ‘हिमाल पहाड तराई मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ भन्ने नाराका अभियान घोषण गरिएको हो । अभियान आगामी पुषसम्मका लागिका लागि जारी राखिनेछ । कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विभिन्न ३ […]
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ । सरकारसँग दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व रहेकाले साही अनुसार मन्त्रालय अगाडि बढिरहेको मन्त्री मगरको भनाइ छ । तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुहुँदै मन्त्री मगर भन्नुभयो, प्रशोधन सहित […]
लमजुङ : लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको छ ।