खानेपानीको सुविधा शत प्रतिशत जनतामा पुर्याउन सरकार लागिपरेको छ : मन्त्री मगर

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा प्रशोधन सहितको खानेपानीको सुविधा शत प्रतिशत पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ । सरकारसँग दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व रहेकाले साही अनुसार मन्त्रालय अगाडि बढिरहेको मन्त्री मगरको भनाइ छ ।  तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज मंगलबार शिलान्यास गर्नुहुँदै मन्त्री मगर भन्नुभयो, प्रशोधन सहित […]

लमजुङ र गोरखामा भूकम्पको धक्का

लमजुङ : लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको छ ।

पोखरामा युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार पक्राउ

पोखरा : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली छन् । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ […]

मुग्लिनको ‘आर्क ब्रिज’ जेठदेखि सञ्चालनमा आउने

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । चीनमा पढेर आएका नेपाली इञ्जिनियरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा […]

हलेसीमा बस दुर्घटना: एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङ: हलेसीमा बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना ४ ख ७४११ नं को बस हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । बस काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै थियो बस दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका […]

आज भेरी–बबई डाईभर्सनको ‘ब्रेक थ्रु’

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज ब्रेक थु् गरिने भएको छ । सुरुङ निर्माण कार्य पूरा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले  आयोजनाको आज ब्रेक थु्रु गर्न लाग्नुभएको हो । सुरुङ निर्माणको काम औपचारिक रुपमा सम्पन्न भएको घोषणा गरिनेछ। यो आयोजनामा नेपालमै पहिलो पटक सुरुङ निर्माणका लागि टनेल बोरिङ मेसिन (टीबीएम ) को […]

कांग्रेसमा अन्तर्घात गर्ने ६२० को उजुरी

काठमाडौं: नेपाली कांग्रेसमा निर्वाचनमा अन्तर्घात गर्ने ६२० नेता कार्यकर्तालाई कारवाहीको सिफारिस गर्दै उजुरी परिसकेको छ । विभिन्न जिल्लाबाट थप १२० उजुरी परेको छ । कांग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम एक साताभित्र उपलब्ध गराउन भनी गत चैत २४ गते सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो। पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले […]