देशका धेरै जसो स्थानमा चट्याङसहित वर्षाको सम्भावना : सचेत रहन आग्रह

काठमाडौं : देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको सूचनामा बिहिबार सम्म यो क्रम जारी रहने छ। पश्चिमी भूभागका केही स्थान र मध्य […]

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत : मोदी गाउँपालिका ४ हलहलेमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीया तारादेवी पुन रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार सोमबार राति करिब ८ बजे परेको चट्याङले घाइते भएकी पुनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो ।

म्याग्दीमा चट्याङ लागेर ६ जना घाइते : घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर

म्याग्दी : म्याग्दीमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । म्यादीको मालिका गाउँपालिका–२ बिलवाङमा सोमबार चट्याङ लागेर ६ जना घाइते भएका हुन । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घरभित्र बसिरहेका मिराकुमारी, टकसरा, बिवस, खगेन्द्र, कमानसिङ र पवित्रा पुन घाइतै भएका हुन । इलाका प्रहरी कार्यालय दरवाङका अनुसार घाइतेलाई उपचारका लागि […]

नेपालकी कान्छीमाया तामाङसहित भारत र चीनका तीन महिलाको साहसीक यात्रा

काठमाडौं: पहिलोपटक नेपाल, भारत र चीनका महिलाले संयुक्तरुपमा सगरमाथा आरोहण गर्ने भएका छन् । तीनै जना भोली लुक्ला प्रस्थान गर्नेछन् । विश्व शान्ति, मित्रता तथा यस क्षेत्रमा महिला सशक्तीकरणको उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहण गर्न लागको उनीहरुले जनाएका छन् । आरोहण टोलीमा नेपालका तर्फबाट दुई पटक सगरमाथा आरोहण गरिसकेकी कान्छीमाया तामाङ, भारतकी कल्पना […]

कला, संस्कृति संरक्षणमा जुटे सांसद बस्नेत : बोडेको रथ पुजा समितिलाई १ लाख सहयोग

भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले विशेष गरि नेवारी समुदायले मनाउने चार्डपर्व, कला संस्कृतिमा विशेष रुची राख्दै त्यसको संरक्षणमा लागिपर्नुभएको छ । हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पत्ति भन्ने पहिचानलाई आत्मसात् गर्दै भक्तपुरमा आठ रात नौ दिन सम्म मनाइने बिस्केट जात्रा अन्तर्गतको मध्यपुर थिमीको बिस्का जात्रा सभ्य र भव्य […]

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको कांग्रेसको निस्कर्ष

काठमाडौं: नेपाली कांग्रेस वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको निस्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई तिहाइको वर्तमान सरकारले जनपेक्षा अनुसार काम नसकेको निस्कर्ष निकाल्दै विगतका असफलताबाट पाठ सिकेर जिम्मेवार बन्न सरकरालाई सुझाव समेत दिएको छ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारप्रतिको पछिल्लो धारणा सार्वजनीक गरेको हो । पत्रकार सम्मेलनमा […]

बुद्धकृष्णको १० ईन्च लामो सुइरोले जिब्रो छेड्दा रगत आएन (फोटोफिचर)

भक्तपुर : परम्पराअनुसार जिब्रो छेड्दा रगत आउँनु हुन्न भन्ने मान्यता छ । साथै ब्रत शुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले खाना खान नहुने, महिलासँग छुन नहुने, जुठो, सुतक परेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा छ ।यो वर्ष समेत गरि सातै पटक जिब्रो छेडाउनुभएको मध्यपुर थिमीका बुद्धकृष्ण बाग श्रेष्ठको […]