ताप्लेजुङमा कार दुर्घटना, २ घाइते

ताप्लेजुङ: सदरमुकाम फुङ्लिङको हेलिप्याड गेटनजिकै कार दुर्घटनामा परेको छ । कार दुर्घटनामा २ जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्ती बस्ने टंकलिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते हुनुभएको छ । यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिंडेको पाइएको […]

माओवादीका केन्द्रीय सदस्यले गरे कांग्रेस प्रवेश

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गर्नुभएको छ । दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहनु भएको बिक कांग्रेसमा प्रवेश गर्नुभएको हो । कञ्ञ्चनपुरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका ग्रहण गरी कांग्रेसमा प्रवेश गराउनुभयो । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बिकलाई प्रवेश […]

तनहुँका सबै स्थानीय तहका वडामा नेकपाको एकीकरण

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको स्थानीय तहका वडा सम्म नै एकीकरण पूरा भएको छ । तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुंगो लागेको हो । जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो। […]

विमानलस्थलबाट अवैध मुद्रासहित २ जना पोल्याण्डेली नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पोल्याण्डेली नागरिक अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिक पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट १९ हजार ७ सय अमेरिकी डलर, १० हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको हो […]

समतालाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाण्डौलाई ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ हस्तान्तरण गर्नुभएको छ । एक सय रुपैयाँमा विद्यार्थीलाई पठाएर ‘वर्ल्ड बुक अफ् रेकर्ड्स’ राख्न सफल स्कुललाई प्रधानमन्त्री ओलीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ् रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष […]

‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’ भन्दै विवेकशील साझाको प्रदर्शन

काठमाण्डौ : विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ । उसले ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु प्रर्दशन गरेका हुन । प्रधानमन्त्री निवासनजिकैको जग्गा बिक्रीको विरोधमा विवेकशील साझा पार्टीले सोमबार प्रर्दशन […]

मध्यपुर थिमीबासी हर्षोल्लासका सााथ सिन्दुर जात्रा मनाउँदै

भक्तपुर : मध्यपुर थिमी बासी हर्षोल्लासका सिन्दुर खेलेर सिन्धुर जात्रा मनाइरहेका छन् । मध्यपुर थिमीमा बिस्केट जात्राको अवसरमा मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खट सहितको सिन्धुर जात्रा मध्यपुर थिमीबासीले मनाइरहेका हुन । यो जात्रा चैत्र मसान्तदेखि सुरु भई बैशाख २ गते विशेष रुपमा मनाइने गरिन्छ । थिमीमा २३, नगदेशमा १, बोडमा ७, टिगनीमा १ […]