मकवानपुर : मकवानपुरमा भएको सवारी दुर्घटनाा ३ जनाको मृत्यु भएको । आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ वर्षीय बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै […]
भक्तपुर : मध्यपुर थिमिस्थित बोडेमा आज प्रसिद्ध जिब्रो छेड्ने जात्रा मनाइँदै छ । तीन दिन भोकै बसी १० इन्च लामो सुइरोले विगतमा छैठौ पटक सम्म जिब्रो छेडाइसक्नु भएको बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै हुनुहुन्छ । जात्रालाई निरन्तरता दिन बोडेका स्थानीय ४७ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न लागूनभएको हो । उहाँले यसअघि २०६२ सालदेखि ०६५ सालसम्म […]
गुल्मी : गुल्मीको मुसिकोट नगरपालीकामा अवस्थित बडिघाट खोलामा निर्माणाधिन पुल भत्किएको छ । निर्माणाधिन पुल भत्किँदा ठेकेदारसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । पुल भाँचिदा ठेकेदारसहित पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्कालले जानकारी दिनुभयो । खडकाका अनुसार मुसिकोट नगरपालीकाको वडा नम्वर ३ र ७ को सिमानामा पर्ने बडिघाट […]
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले गुटबन्दी पार्टी धरासायी बन्दै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री कोइरालाले गुटबन्दी अन्त्य नगरे पार्टीलाई अझ ठूलो क्षति पुग्ने बताउनुभयो । कांग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष रहेपनि आन्तरिक तिक्तताका कारण पार्टी धरासायी हो, कोइरालाले भन्नुभयो, पार्टी […]
काठमाडौं : बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ। बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार भूकम्पको धक्का ठूलो भएर आएको छ । तर यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको […]
काठमाडौं : लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २ जनाको शव काठमाडौं ल्याइएको छ । शव पोस्टमार्टमको लागि महाराजगञ्जको त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा ल्याइएको हो । विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट सुनील सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको शब पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा ल्याइएको […]
नवलपरासी : प्रहरीले पश्चिम नवलपरासीबाट नेकपा विप्लव समूहका जिल्ला सदस्य रमेश बस्याललाई पक्राउ गरेको छ। बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीका अनुसार विप्लव […]