छुट्टाछुट्टै सडक दुर्घटनामा ५ जनाको मृत्यु, ३१ घाइते

काठमाडौं: मुलुकका छ्ट्टा छुट्टै सडक दुर्घटनामा ५ जनाको ज्यान गएको छ । सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गएको छ । धनुषामा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। धनुषाको धनुषाधाम नगरपालिका धारापानी स्थिति पूर्व पश्चित राजमार्गमा भएको सडक दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको हो। मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा विङगरको ठक्करबाट […]

ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने कांग्रेस सभापति देउवाको भविष्यवाणी

धनगगढी : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सुनाउन र भन्न लायक एउटै काम नगरेको बताउनुभएको छ । ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गर्दै सभपाति देउवाले जनताको पक्षमा काम गर्न नसकेपछि कसैले ढाल्नु पर्दैन आफनै कारणले ढल्छ’, सभापति देउवाले प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार […]

नर्या वर्षमा घुम्न आएका युवा स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता

चितवन : नयाँ वर्षमा घुम्न आएका एक युवक नारायणी नदीमा डेबेर बेपत्ता भएका छन् । आइतबार बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन । सँगै नदीले बगाएका अर्का एक युवकलाई भने प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता […]

लुक्ला विमान दुर्घटना: ज्यान गुमाउने थप एकको पहिचान खुल्यो (अपडेट )

काठमाडौँ: सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउने थप एकको सनाखत भएको छ । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का तथा रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो । ढुंगाना र खड्काको घटनास्थलमै ज्यान गएको हो । श्रेष्ठको भने उद्धार गरि उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याएपछि ज्यान गएको […]

सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गयो, ३१ घाइते, ४ को अवस्था गम्भीर

सर्लाही: सर्लाहीमा बस पल्टिएर तीन जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा. ३ १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। […]

लुक्ला विमान दुर्घटना: को-पाइलटसहित चार जनाको मृत्यु, जहाजका पाइलट गम्भीर घाइते (अपडेट)

सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला एअरपोर्टमा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ । घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् । विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसा घटना आज बिहान साढे ९ बजेतिर भएको […]

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किएर २ को मृत्यु, तीन घाइते (अपडेट)

काठमाडौं : लुक्लामा भएको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विमानस्थलमा समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । जहाज चिप्लिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी […]