लुक्लामा विमान दुर्घटना: विस्तृत विवरण आउँन बाँकी

काठमाडौं :लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । विमानले उडान भर्ने क्रममा अर्को हेलिकप्टरमा ठोक्किँदा विमान दुर्घटना भएको बताइएको छ । काठमाडौबाट आज विहान लुक्लाका लागि उडेको समिट एयर नाइन एन एएमएचको ट्वीनओटर विमान अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विस्तृतु विवरण भने आउन बाँकी छ ।

प्रधानमन्त्रीको सम्बोधन : २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको बताउनुभयो । गत वर्ष कानून, शुसासन लगायतको आधार वर्षको रुपमा रहेको भन्दै […]

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्तको संस्थागत स्थायित्व कायम हुने सभापति देउवाको विश्वास

काठमाडौ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मकको संस्थागत स्थायित्व कायम हुने विश्वास ब्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम हुने विश्वास ब्यक्त गर्नुभएको हो । सभापति देउवाले भन्नुभएको छ, ‘नयाँ वर्षले मुलुकलाई आर्थिक समृद्धिको […]

‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा २०७६ साल महत्त्वका साथ अगाडि बढ्ने विश्वास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्त्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७६ को अवसरमा नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले ठूलो संघर्षपछि मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले […]

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

सिरहा : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला रु त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुभेन्द्र दासले लेख्नुभएको छ । […]

नयाँ वर्षसँगै काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने अवस्थाको अन्त्य होस : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौ : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षसँगै लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पूर्व राजा शाहले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने ? सन्देशमा भन्नुभएको छ, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन […]

मुलुकको समृद्धि र विकासको निम्ति २०७५ उल्लेखनीय बर्ष

महेश बस्नेत/प्रतिनिधि सभा सदस्य, क्षेत्र नम्बर २, भक्तपुर विक्रम सम्बत् २०७६ को पावन अवसरमा समस्त नेपाली नागरिकहरुमा सुख, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछु । बर्ष २०७५ को अन्त्यसँगै नयाँ बर्ष २०७६ को आगमन भएको छ । मुलुकको समृद्धि र विकासको निम्ति बर्ष २०७५ उल्लेखनीय बर्षका रुपमा रहेको अवगत नै छ । खासगरी लामो समयको […]