कार दुर्घटना: तीन जनाको मृत्यु

सुनसरी: धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ, ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारका चालक गोविन्द बस्नेत गम्भीर घाइते हुनुहुन्छ । शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे […]

इन्टरनेट सेवा प्रदायक संस्थाको सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं : टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका छन। टेलिभिजन प्रशारक संस्थालाई बिना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायकले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूरसंचार प्राधिकरणको कार्यालयमा धर्ना दिए । […]

भारतमा तीन नेपाली मजदुरको रहस्यमय मृत्यु

दाङ : भारतमा काम गर्न गएका दाङका ३ जना मजदुरको रहस्यमय मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका २ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार श्रमका लागि भारत हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका नोखिराम भण्डारी र प्रकाश वली गएको […]

सरकारबाट बाहिरिने हल्लाको पछि नलागौं: अध्यक्ष यादव

खोटाङ: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्र्दै यादवले सरकारबाट बाहिरिने कुरा सत्य नभएको बताउनुभयो । उहाँले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था […]

विप्लव समूहका मकवानपुर इञ्चार्ज ‘ज्वाला’ पक्राउ

हेटौंडा : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ज्वाला पक्राउ पर्नुभएको छ । ज्वालासँगै अर्का एकजना पनि पक्राउ परेको मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार बिहीबार राति ज्वालालाई हेटौंडा उपमहानगरपालिका ८ फायरलाइनबाट पक्राउ गरिएको हो।

नमुना भक्तपुर नगरपालिकामा नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण

भक्तपुर : नगरपालिकाको आयोजनामा नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्नुहुँदै शासक दलहरू भारतको निर्देशनमा चलिरहेको आरोप लगाउनुभयो । शिक्षकहरूको व्यापक दृष्टिकोणले शिक्षामा न्याय हुने प्रसंग कोट्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले […]

सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले पाए अनुमति

सोलुखुम्बु : सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएका छन् । विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ जना आरोहीले आरोहण अनुमति पाएका हुन्। नेपाल पर्यटन बोर्डका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपाली सहित ३०० जनाले अनुमती पाएका छन् । अहिलेसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति […]