गुल्मी : गुल्मीमा भएको जिप दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको छ । यो सँगै मृतकको संख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते मालिका गाउँपालिका–२ की ३६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो । यसअघि धुर्कोट गाउँपालिका–५ का ७२ वर्षीय पूर्व सांसद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ नेटाका […]
गुल्मी : सवारी दुर्घटना परी पूर्व सासंद रुद्रमणी भण्डारीको मृत्यु भएको छ। गुल्मीको मुसिकोट नगरपालिका १ पौदीअमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्ने पूर्व सासंद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि मालिका गाउपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ। दुर्घटनामा […]
जनकपुरधाम : इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गएको छ । सर्लाहीको हरिवन नगरपालिका ४ का जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो । स्थानीय गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर दुवै बालिकाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय […]
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना हुनुभएको थियो । ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उहाँलाई औपचारिक कार्यक्रम तथा भेटघाट बन्द गरी एक हप्ता आराम गर्न चिकित्सकको टोलीले सुझाव दिएको […]
काठमाडौँ : जेट एयरको विमान ठुलो दुर्घटनाबाट बचेको छ । जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट बचेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएका थिए । काठमाडौँबाट दिल्लीका लागि उड्न लागेको जेट एयरवेज […]
काठमाडौं : पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई पार्टी मिलेर बनेको राप्रपा संयुक्तले दलको मान्यता पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दर्ता भएसँगै कानुनी रुपमा राजनीतिक दलको मान्यता पाएको हो । संयुक्त पार्टीको चुनाव चिन्ह ‘हलो’ रहेको छ । पार्टीले वैधानिकता पाएसँगै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वयनीले अब मुलुकमा […]
काठमाडौं : उद्योगी दिवाकर गोल्छाको शव बुधबार काठमाडौं ल्याइने भएको छ । मंगलबार राती चेन्नईमा गोल्छाको निधन भएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । ६७ वर्षका उनका दुई छोरा रहनुहुन्छ । गोल्छाको शव आजै काठमाण्डौ ल्याई पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा […]