काठमाडौं : काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा परिरहेको पानी अबको एक दुइ घण्टापछि मौसम हल्का खुले मौसमविदले बताएका छन् । मौसविदका अनुसार एक दुई घन्टामा मौसम खुले पनि बदली भइ दिउँसो र बेलुकी पख सम्म पानी पर्ने सम्भवा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासीका अनुसार […]
बैतडी : भारतमा हुन लागेको लोकसभा निर्वाचनका कारण भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । नाका मंगलबारदेखि तीन दिनका लागि बन्द हुने भएका हुन । चैत २८ मा भारतमा लोकसभा निर्वाचन हुँदैछ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु […]
अछाम : अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा राति चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । मृत्य हुनेमा १६ वर्षीय जनक रावल रहेको प्रहरीले जनाएको छ । घटनामा परी अन्य १० जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विनायकका प्रमुख प्रहरी नायब […]
काठमाडौं: अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चण्डिखर्कबाट प्युठान जाने क्रममा लु १ ज १२२९ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जीप भूमिका नगरपालिका ८ लाप्टेबाज भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि ११ जना गम्भीर घाइते छन्। गम्भीर घाइते ११ जनालाई बुटवल […]
काठमाडौं : काठमाडौंको बसुन्धारामा फेला परेको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । बसुन्धरामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो । सो बम सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टर संचालक प्रकाश सुवेदीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय […]
सुनसरी : धरानमा बस पल्टिदा ४ जनाको मृत्यु भएको छ । धनकुटाबाट धरानतर्फ आँउदै गरेको ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयले इटहरीका अनुसार बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टीको भाग ठोकिएको थियो। दुर्घटनामा परी पहिचान नखेलेकी सात महिनाकी बालिका, अर्की एक महिला, बसका […]
काठमाडौं : बारा र पर्साका हावाहुरी प्रभावीतलाई नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ को पहल र दोलखा, चितवन, सिन्धुली र ललितपुरको सक्रियतामा संकलीत १४ लाख ७० हजार तीस सय बीस नगदसहित राहत सामाग्री हस्तान्तरण गरिएको छ । संकलित नगद १४ लाख ७० हजार ३ सय बीस नगद बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरिएको हो । नेकपा […]