पोखरा – गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गृहमन्त्री थापाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएकोले उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको स्पष्ट पार्नुभयो । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुुहुँदै गृहमन्त्री थापाले संसद्मा […]
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अङ्गीकृत नागरिकता दिने प्रावधान हटाउन सघर्ष गरिने प्रतिक्रिया दिनुभएको छ । मन्त्री यादवले सञ्चारकर्मीसँग कुराकानी गर्दै विदेशी नागरिकलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था हटाउनुपर्ने अन्यत्र सघर्ष गर्नुपर्ने दिन आएको बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहनुभएका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा बनाउन नहुने बताउनुभयो । नागरिकता वितरणमा विभेदको अन्त्य […]
भक्तपुर : नेकपाका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले निर्वाचनको समयमा जनतामाझ ब्यक्त चुनावी प्रतिबद्धता पूरा गर्न लागिपरेको बताउनुभएको छ । नेता बस्नेतलेआफुले निर्वाचनका समयमा जनतासँग गरेका गरेका प्रतिवद्धता पूरा गर्दै समग्र भक्तपुरको विकासमा लागिपरेको बताउनुभएको हो । भक्तपुर नगरपालिकामा रहेको खिंछे दाफा भजन खलद्वारा शनिवार आयोजित बृहत बनभोज कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरले पछिल्लो […]
सुर्खेत : पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अबरुद्ध बनेका छन् । शनिबार बेलुका परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले सडक अबरुद्ध बनेको हो । पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।पहिरोले काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र छन्। प्रजिअ चन्द्रबहादुर कार्कीका अनुसार बाटो खुलाउने […]
सोलुखुम्बु : खुम्बु क्षेत्र लेक लागेर एक जनाको मृत्यु भएको छ। महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार एक पर्यटकको भरिया बनेर गएका कुलुङको खुम्बु पासाङल्हामु गाउँपालिका ४ थुक्लास्थित अमरबहादुर राईको होटलमा लेक लागेर मृत्यु भएको हो।
सर्लाही : सर्लाहीमा हावाहुरीले घरको छानो उडाउँदा एक जनाको मृत्यु भएको छ । ले लागेर एक पैदल यात्रुको मृत्यु भएको छ। सर्लाहीको रामनगर गाउँपालिका १ मा हावाहुरीले घरको छानो उडाउँदा पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पन्नि लाल सहनी रहेको प्रहरीले जनाएको छ । छानोको काठले टाउकोमा लागेर गम्भीर घाइते […]
सुर्खेत : कर्णाली प्रदेश सरकारले बारा र पर्साका हावाहुरी प्रभावितका लागि १ करोड सहयोग गर्ने भएको छ । प्रदेशको मन्त्रिपरिषद बैठकले हावाहुरी प्रभावीतलाई सो सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी गराउनुभयो । यसअघि अन्य प्रदेशले राहतस्वस्प सहयोग गर्ने निर्णय गरिसकेका छन् ।