अधिकांश स्थानमा वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं : आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउनेछ । उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहनेछ । काठमाडौं उपत्यकामा […]

हावाहुरीबाट घरबार गुमाएका परिवारलाई सरकारले आवास निर्माण गरिदिने : सेनालाई जिम्मेवारी

काठमाडौं : सरकारले हावाहुरी प्रभावीतलाई घर बनाइदिने भएको छ । हावाहुरीबाट घरबार गुमाएका पीडित परिवारलाई सरकार आफैले आवास निर्माण गरिदिने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले वर्षायामअगावै बेघरबार भएकालाई आवास निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी गराउनुभयो । वर्षाअगावै जनता आवासको मोडलमा बनाई हस्तान्तरण गर्नको लागि नेपाल सेनालाई जिम्मेवारी दिने निर्णय […]

सुन तस्कर सक्रिय : विमानस्थलबाटै समातीयो ६ किलो सुन

काठमाडौं  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुन समातीएको छ । थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएका चार चार भारतीय नागरिक पक्राउ परेका हुन । पक्राउ परेकामा तीन महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ ।  विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार एक भारतीय चार सय ९७ ग्राम सुनसहित र थप तीन […]

बार एशोसिएशनमा वामपन्थी प्यानलका चण्डेश्वर श्रेष्ठ विजयी

काठमाडौं : नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्दे श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो । महासचिवमा भने लोकतान्त्रिक प्यानलका लीलामणि पौडेल विजयी हुनुभएको छ । पौडेल वामपन्थी उम्मेदवार सुरेन्द्र थापालाई हराउँदै महासचिवमा विजयी हुनुभयो । बारको २५औं कार्यसमितिका लागि भएको चुनावको परिणामअनुसार अध्यक्षमा चण्डेश्वर श्रेष्ठ, […]

थप २० हजार नयाँ कर्मचारी भर्ना गर्ने गृहकार्य

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन […]

विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि राजनीतिक स्थिरता र नीतिगत आधार तयार भएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विगतमा जस्तो एउटा सरकार बन्ने केही महिनामा त्यसलाई ढालेर अर्को सरकार आउने अवस्थालाई जनताले अन्त्य गरेकोले अब नीतिगत र राजनीतिक स्थिरता कायम भएको बताउनुभएको […]

नेपालको भूउपग्रह पक्षेपण हुँदै

काठमाडौं : नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) वैशाख ४ को राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्टं )का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो। जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस […]