पोखरा: गैर आवासीय नेपाली संघसहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा पोखरामा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । पर्यटन दिवसको अवसरमा आयोजना गरिएको पदयात्रा नयाँ पर्यटकीय स्थलको खोजी गर्ने उद्देश्यले गरिएको हो । एनआरएनए, पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको संयुक्त आयोजनामा भएको पदयात्राको संघकी अध्यक्ष रविना थापाले उद्घाटन […]
१५ औं प्राग शहरमा गर्ने निर्णय काठमार्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको १४ औ क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । स्वीडेनको राजधानी स्टकहोममा आयोजना गरिएको सम्मेलन सफतापूर्वक सम्पन्न भएको हो । यही २४–२५ सेप्टेम्बरमा आयोजना गरिएको सम्मेलनले १३ बुँदे स्टकहोम घोषणापत्र जारी गरेको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलन श्रम, रोजगार […]
दोहा : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको नगरपालिका मन्त्रालयद्वारा कतारमा रहेका नेपाली समुदायमा सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी समुदायका अगुवाहरु, पत्रकारहरु लगायतको सयौं संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा विविध बिषयमा छलफल तथा अन्तर्कृया गरिएको थियो। कार्यक्रममा तोकिएको पार्किङ क्षेत्रमा मात्र […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनका लागि वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न आग्रह गरेको छ । संघका प्रवक्ताद्धय सोम सापकोटा र शिव कुमार बरुवालले एक विज्ञप्ति जारी गर्दै एनआरएन नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत […]
काठमाडौं: ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको तयारी तीव्र पारिएको छ । समाजको अधिवेशन यही असोज २३ गते अर्थात अक्टोबर ९ तारिखमा गर्ने तय भएपछि तयारी तीब्र पारिएको हो । ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीका अनुसार अधिवेशन असोज २३ गते आइतबार काठमाडौको याक एण्ड यति होटलमा तय भएको हो । अध्यक्ष अधिकारीका अनुसार कार्यसमिति बैठकले […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १४ औ क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलनको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो । ‘एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी’ मूल नारासहित शूरु भएको […]
टेक्सस : गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को अमेरिकाज् क्षेत्रको को–चिअरमा डा. प्रकाश अर्याल मनोनित हुनु भएको छ । एनआरएनए आइसिसी उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित कमिटीमा अमेरिका निवासी अर्याल अमेरिकाज् क्षेत्रको को चिअरमा मनोनीत हुनु भएको हो । अर्यालमा अमेरिकामा बौद्धिक र विज्ञ ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ भने […]