सूर्यविनायक नगरसभाको ११ औं अधिवेशनका निर्णयहरु सार्वजनीक

भक्तपुर : सूर्यविनायक नगरपालिकाको नगरसभाको एघारौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम एवं बजेट  पारित भई सम्पन्न भएको हो । अधिवेशनका निर्णय सार्वजनीक गर्न बुधबार आयोजीत पत्रकार सम्मेलनमा मेयर बासुदेव थापाले अधिवेशनको क्रममा केही कानूनहरुलाई समयानुकुल संशोधन गरिएको जानकारी दिनु भयो । त्यस्तै, नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनमा संसोधन गरी […]

निष्पक्ष काम गरेकै कारण सबैको सहयोग पाइरहेको छु: बासुदेव थापा, मेयर (भिडियो रिपोर्ट)

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सबैको भावना समेटेर निष्पक्ष काम गरेकै कारण नगरका हरेक निर्णयहरु सर्वसम्मत हुने गरेको बताउनु भएको छ । मेयर थापाले दोस्रो कार्यकालको पहिलो नगर सभा सर्वसम्मत गर्न सफल हुनु भएपछि कुराकानी गर्नु हुँदै ऐन कानुन, नीति तथा नियम बनाएर निष्पक्ष ढंगबाट काम गरेकै कारण सर्वसम्मत निर्णय हुने गरेको बताउनु […]

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा

काठमाडौं: वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताउनुभयो। आफ्नो साथमा दर्ता भएका चार, पाँच वटा र खाली रहेका अन्य दलको साथ, समर्थन रहेको भन्नुहुँदै एकता अभियानमा यी सबै दलको संलग्नता रहेको बताउनुभयो। […]

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं: नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ ग्रहण गर्नु […]

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्‍मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरबहादुर […]

काठमाडौँ महानगरले ल्यायो २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको बजेट

काठमाडौं । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गर्नुभएको हो । […]

सूर्यविनायक नगरपालिकाको अनुमानीत बजेट रु १ अर्ब ९२ करोड १८ लाख (पूर्णपाठसहित)

भक्तपुर : सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९÷०८० को अनुमानीत बजेट रु १ अर्व ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरिएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको ११ औं नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आर्थिक बर्ष २०७९÷०८० को आय/ब्यय प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेटमा चालुतर्फ रु २४ करोड ८२ लाख […]