अर्थतन्त्रको आकारअनुसार २८ बैंकको संख्या अधिक भएकाले मर्जरको आवश्यकता देखिएको हो

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारी गरिरहँदा वाणिज्य बैंकहरूको संख्या घटाउने उद्देश्यसहित बिग मर्जरको कार्यक्रम आउने विषयले वित्तीय क्षेत्र तरंगित भएको छ । राष्ट्र बैंकले बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग औपचारिक छलफल गरी मर्जरअघि नै जोडी खोज्न निर्देशन दिएपछि बैंकहरूबीच मर्जरको चहलपहलसमेत सुरु भएको छ । नेपालको अर्थतन्त्रको आकारअनुसार बैंकहरूको संख्या […]

हामी सबैले राष्ट्र बैंकको स्वायत्ततालाई सम्मान र स्वीकार गर्नुपर्छ

मुलुकको बढ्दो व्यापारघाटा कम गर्न नीति निर्माताले साहसिक निर्णय गर्नुपर्ने धारणा राख्ने अर्थशास्त्री डा. पोषराज पाण्डे साउथ एसियन वाच अन ट्रेड एन्ड इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष हुन् । उनले अर्थशास्त्रमा विद्यावारिधि र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय योजना आयोगका सदस्य पनि भइसकेका पाण्डेले नेपाललाई विश्व व्यापार संगठनको सदस्य बनाउने पक्षमा […]

‘एनआरएनए एसिया प्याशिफिक सम्मेलन विदेशमा रहेका नेपालीको श्रम, सिप, बृद्धि र विवेकलाई समेट्ने कार्यमा कोशेढुंगा शावित हुनेछ’

किरण विक्रम थापा म्यानमारमा जुलाई ६ र ७ तारिखमा हुन गइरहको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी पूरा गरिसकेका छौ । सम्मेलनलाई कसरी भब्य र सब्य रुपमा सम्पन्न गर्न सकिन्छ भनेर अहोरात्र खटिरहेका छौ। हामी यतिखेर म्यानमारमा पाल्नुहुने सम्पूर्ण अतिथि तथा प्रतिनिधिलगायत महानुभावहरुलाई स्वागत गर्न आत्तुर […]

संवैधानिक निकायहरू कमजोर बनाएर कसैलाई फाइदा हुँदैन: उमेशप्रसाद मैनाली-अध्यक्ष, लोकसेवा आयोग

देशको सार्वजनिक प्रशासन एवं सरकारी स्वामित्वका सङ्गठित संस्था, निकायका सेवामा निष्पक्ष रूपमा कर्मचारी भर्नाका लागि गठित लोकसेवा आयोगले ६८ वर्ष निरन्तर आफ्नो जिम्मेवारी पूरा गरेको छ । यस अवधिमा देशको सबैभन्दा विश्वसनीय, भरपर्दो संस्थाका रूपमा यसले आफ्नो साख निर्माण गरेको छ । संविधान र कानुनबमोजिम अविचलित रूपमा जिम्मेवारी पूरा गर्दै आएको यो संस्था राष्ट्रसेवामा समाहित […]

‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन हिमालको पानी र जडिबुटीलाई अन्तराष्ट्यि बजारमा लग्नुपर्छ : प्रकाश पुन

प्रकाश पुन, अध्यक्ष, हङकङ नेपाल ब्यापार संघ नेपालको म्याम्दी जिल्लामा जन्मनु भएको प्रकाश पुन अहिले हङकङ नेपाल ब्यापार संघको अध्यक्ष हुनुहुन्छ । गैर आवासीय नेपाली संघ (एनआरएनएन ) सन् २००३ मा स्थापना भयो । संघको संस्थापक रहनु भएको पुन २००५ देखि २००७ कार्यकालको लागि केन्द्रीय कोषाध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्नुभयो । सामाजिक संघसंस्थामार्फत समाजसेवा गर्दै […]

आगामी आवभित्रै ७७ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्छौं: रमेश कुमार पोखरेल

रमेश कुमार पोखरेल कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड सबै नेपालीलाई आधारभूत स्वास्थ्य सेवा पु-याउने प्रतिबद्धताअनुसार सरकारले २०७२ साल चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ । ४६ जिल्लामा विस्तार भएको यस कार्यक्रममा अहिलेसम्म १७ लाख ३५ हजार जनसंख्या समेटिएका छन् । यस कार्यक्रममा समेटिएका ४ लाख ५० हजार परिवारमध्ये ३ लाख ५० हजार […]

प्रदेश सरकार विकासको इन्जिन हो : डा. गिरिधारी शर्मा पौडेल

संघीयता कार्यान्वयनमा आएसँगै प्रदेश सरकारले पनि आ–आफ्नो भूगोल र स्थानीयको मागअनुसार नीति तथा योजना बनाउँदै आएका छन् । देशमा रहेका सातवटा प्रदेशबीच एकआपसमा प्रतिस्पर्धा हुँदैछ, प्रदेश सरकार गठन भएको करिब डेढ वर्ष पुग्न लाग्दा प्रदेश सरकारले आर्थिक विकास र समृद्धि हासिल गर्न आफ्नो वातावरणअनुसारको नीति–नियम र कानुन बनाएका छन् । यस वर्ष नीति–नियम र कानुन […]